ट्रेण्डिङ

होमपेज / खेलकुद

दार्मामा सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुरु

  प्रकाश शर्मा २०७७ चैत्र २७ गते शुक्रबार १८:१६:४५ मा प्रकाशित

प्रकाश शर्मा चैत २७,सल्यान 
दार्मा गाउँपालिकामा शुक्रबारबाट सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुरु भएको छ । प्रतियोगितामा गाउँपालिका भित्रका छ माध्यमिक विद्यालयको सहभागिता रहेको छ । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला पुरुष भलिबल, कपर्दी, हाइजम्प, लङजम्प, त्रिपलजम्प, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ज्यावलिन थ्रो, सटफुट, ४०० र १६०० रिले दौड हुने गाउँपालिकाले जनाएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले युवाहरुलाई राष्ट्र प्रति र खेलप्रति जागृत गर्न यस प्रकारका प्रतियोगिता प्रभावकारी हुने बताए । खेल क्षेत्रबाट नेपाललाई चिनाउन सकिने बताउदै उनले राज्यले खेलकुदमा लगानी गरेको बताए। 
 केसीले युवा जनशक्ति परिचालित भएमा समृद्धि आउने बताए। गाउँपालिकाका भित्रका युवाहरुलाई खेलकुद प्रति आर्कषित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आई रहेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top