ट्रेण्डिङ

होमपेज / खेलकुद

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविको पोल्टामा

  प्रकाश शर्मा २०७६ फाल्गुण १७ गते शनिबार १९:२१:१७ मा प्रकाशित

प्रकाश शर्मा फागुन १७, सल्यान  
स्थानीय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री जनज्योति माध्यमिक विद्यालय  दार्मा गाउँपालिका ३ फारुलाचौरले जितेको छ । तीनसम्म चलेको प्रतियोगितामा जनज्योति माविले १८स्वर्ण, ८ रजत र २ कास्य सहित उपाधि जितेको हो । 
यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढाकाडाम कोट दोस्रो भएको छ । उक्त विद्यालयले ५ स्वर्ण, ५रजत र ९ कास्य हात पारी दोस्रो भएको हो । सुर्योदय माध्यमिक विद्यालय गोठिवन ३ स्वर्ण, ३ रजत र ५ कास्य सहित तेस्रो भएको छ । यस्तै बालकल्याण माध्यमिक विद्यालय भुवनटाकुरीले २ स्वर्ण २ रजत र १२ कास्य प्राप्त गरेको छ । 
प्रतियोगितमा प्रथम, दित्तिय, तितृय र सान्त्वना हुने विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष निम बहादुर केसीले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा १५ गतेबाट सुरु भएको खेल शनिबार सम्पन्न भएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top