ट्रेण्डिङ

होमपेज / खेलकुद

दार्मामा स्थानीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  प्रकाश शर्मा २०७६ फाल्गुण १५ गते बिहीबार २०:४८:२१ मा प्रकाशित

प्रकाश शर्मा फागुन १५, सल्यान 
दार्मा गाउँपालिकामा स्थानीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा सुरु भएको प्रतियोगिता १७ गतेसम्म सञ्चालन हुने छ । तीनसम्म हुने प्रतियोगितामा गाउँपालिका भित्रका चार विद्यालयमा विद्यार्थीको सहभागिता रहेको छ । विभिन्न २८ खेलमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । 
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले युवाहरुलाई राष्ट्र प्रति र खेलप्रति जागृत गर्न यस प्रकारका प्रतियोगिता प्रभावकारी हुने बताउनु भयो । खेल क्षेत्रबाट नेपाललाई चिनाउन सकिने बताउदै उहाँले राज्यले खेलकुदमा लगानी गरेको बताउनु भयो । 
यस्तै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले युवा जनशक्ति परिचालित भएमा समृद्धि आउने बताउनु भयो । गाउँपालिकाका भित्रका युवाहरुलाई खेलकुद प्रति आर्कषित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आई रहेको बताउनु भयो । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top