होमपेज / खेलकुद
प्रकाश शर्मा कात्तिक १,सल्यान
दार्मा गाउँपालिकाले ईलाका प्रहरी कार्यालय दार्मा सहित ३३ खेल समुहलाई खेल सामाग्री बितरण गरेको छ ।
शनिवार दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी, उपाध्यक्ष टिका शर्मा, शिक्षा शाखा प्रमुख सेरप्रसाद ढकालको टिमले खेल सामाग्री बितरण गरेको हो स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारा सार्थकता तुल्याउन समुदायका समूहलाई खेलकुद सामाग्री प्रदान गरिएको छ । सामाजिक दुरि कायम गर्दै प्रत्येक वडामा पुगि सामाग्री वितरण गरिएको छ ।
आ.ब. २०७७र७८ को दार्मा गा.पा. को विनियोजित बजेट तिन लाख बाट प्रति टिम मा भलिबल १थान नेट १ थान पम्प १ थान हुनेगरि बितरण गरिएको गाउँपालिका अध्यष केसीले बताएए ।
वडाको सिफारिस सहित तोकिएको मितिभित्र निबेदन दिने ईप्रका फारुला , वडा न१ मा ५ ,२ मा ७,तिनमा ४,चार मा ८, ५ मा १ ,छ मा ५ र एक दार्मा को ब्याटमेन्टन टिमलाइ कक र ब्याट वितरण गरिएको छ ।





.jpg)