ट्रेण्डिङ

होमपेज / कला/साहित्य

मुनाको संघर्ष र देवको बलिदान

आख्यान

  तारादेव शर्मा प्रदर्शन २०७७ जेठ २४ गते शनिबार १८:५७:०५ मा प्रकाशित

चकमन्न रात, निन्द्रा नलागेको अवस्था, छट्पटाई रहेकी मुना आफ्नो बिगत बर्तमान जिन्दगी र संघर्ष यावत कुरा एकहोरो सम्झिन थाल्छिन । दायाँ पल्टियो बायाँ पल्टियो अहः जता पल्टिदा पनि मनमा एक तमासका साथ हृदयले अनुभुत गरेका चेतनाले छामी उत्पन्न भएका सुनामी छाललाई गुम्साउन नसकी  एकाएक बिस्फोट हुन थाल्दछिन । एक गरिव झुपडीको आँखाको नानी परिवारको ढुक्ढुकी मुना जो चञ्चल स्वभाव  , मयालु स्वरुपकी शिक्षित अनि ज्ञानी परिवार र समाजकी एक दिब्य ज्योति पनि हुन । आखिर उनी पनि त मान्छे नै हुन, यो मानवीय स्वरुप बोकेको जीवन कहाँ, कहिले , कसरी, कतिखेर कुन मोडमा गएर प्रदर्शन हुन्छ भन्ने कुराको कस्ले पो पहिले नै यकिन गर्न सक्छ र 
 बाल्यकालको त्यो समय, त्यो परिस्थिति, त्यो अवस्था जस्तो सुकै भए पनि यो परिवर्तनशिल मानवीय जिवनको रुपरेखामा संघर्ष पनि बहुत अचम्म खालको परिवर्तन बोकेर एकाएक आउदो रहेछ । मुनाका केही शुःख खुसीका पलहरु बाल्यकालमै टाढा भै सकेका थिए। उनी ६ बर्षको पुग नपुग हुनेबेला नै उनका बाबु (बा) को मृत्यु भैसकेको थियो ।

 अब उनका घरमा आमा र दाजु मात्रै थिए । आमाको उमेर पनि नढल्किएको दाइको उमेरले पनि भर्खर मात्रै ८ वर्षमा प्रवेश गरेको । समयको पावन्दी आमाकै हेरचाहमा नै दुबै दाजु बहिनी  विभिन्न तवरबाट हुर्किदै बढ्दै ठूलो भए । आखिर मनुवा न हो ,  हर कुनै पनि मानिसको जिन्दगीमा कहिले हासो खुसी, कहिले दुःख कष्ट, पिर ब्यथा त कहिले रोदनहरु एकपछि अर्को निरन्तर आइनै हाल्छन । यस्तो खालको अवस्थाहरु मुनाको जिन्दगीमा पनि आएरै छोडे । जब हरेक खालका अवस्थाहरुलाई उनिले पनि निरन्तर पार लगाउदै आईन ।
त्यसपछी जिन्दगीको दौडानको एक समयमा अरुले जस्तै उनले पनि फलामे गेट नाघ्नु पर्ने दिन अर्थात फलामे ढोका फोड्नु पर्ने दिन आयो । समाजमा परम्परावादी पुरानो युग र पुर्वाग्रहि सोचका मान्छेहरु पनि प्रशस्तै हुँदा रहेछन । त्यो समयमा मुनाको बारेमा कसैले नराम्रो भने त कसैले राम्रो पनि भने । अँझ त्यो समाजका मानिसहरुले उनिलाई पढाउनु भनेको बालुवामा पानी हाल्नु, चाल्नामा पानी बोक्न खोज्नु हो समेत भन्न भ्याए र उनकी आमालाई उचाल्ने काम र हतोत्साहित समेत पार्ने काम गरे  र पनि उनको आमा दाजुले उनलाई कुनै पनि खालको बाधा अवरोध  पुर्‍याएनन्  । मुनाको लगनशीलता धैर्यता अठोट र उनका हरेक खालका क्रियाकलाप र एस.एल.सी.को सफलता देखि केही मानिसले त डाह र गिद्देदृष्टि लगाउन सम्म भ्याए । 

अब मुनाको अगाडि ठुलर्‍ ठुला पहाड पर्खाल र सुनामीहरु तेर्सिए । अझै उनले संघर्षशिल घुम्तिहरु पार गर्नुपर्ने भयो । आमाको बुढेसकालको अवस्था अनि दाजुको त्यो जीवन लिलाको पीडा देखेर उनी आफुलाई बेसाहरा निरीह रुपमा रहन विवश भएको महसुस गर्छिन् । फरकर्‍ फरक कोणबाट नियाल्दा पनि परिवारमा कतैबाट पनि खुसी र सुखको अनुभुती दिलाउने उपाय देखिदैन थियो । एउटै खुसी जो हो उनको एस.एल.सी. प्रथम श्रेणीमा पास । घरको अवस्था र आर्थिक स्थितिलाई हेर्दा पढाइ पूरा नहुन सक्ने भएकोले त्यो खुसी पनि क्षणभरमै मेटिदैन्थ्यो  । र पनि उनले हिमत हारिनन । साँझ बिहान साहुको काम गरि परिवारमा खाना लाउनको जोह गर्ने  र दिउँसो नजिकैको विद्यालयमा गइ पढाईलाई निरन्तरता दिदै आफ्नो लक्ष्य पूरा गर्ने निर्णय गरिन । यस्तै प्रक्रियाले  उनको आई. ए सम्मको पढाइ पनि सिद्धियो। अब बिए पढ्न सहर जान पर्ने भयो ।यो समयमा उनको परिवारमा मानसिक रुपमा ठूलो भुईचालो नै  गयो । बुढी आमा , दुबै गोडा नभएको अशक्त दाई पैसाको अत्यन्तै महत्वपूर्ण समय न आफ्नो जग्गाजमिन यस्ता खालका यावत कारणहरुले सबैको मन विक्षिप्त भयो । मुना परिवारको अवस्था र स्थितिमा गहिरिरहदा मानसिक रुपमा समेत  बिचलित हुन थाली सकेकी थिई  । मुनाको त्यो अवस्था नककी आमा र दाईले उनको उठाई, बसाई, बोलीचाली बाट नै ठम्याउन सक्थे । यसरी रात पछि अग्राख पलाई रहेको थियो । 

 एका बिहानै मुनाका दाईले साहुले दिएका केही  कपडा झोलामा राखी मुनाको कोठाबाट निक्र्लिए । आमाछोरी बिहानीको सुनौलो घामको न्यानो आभाष लिदै पिढिमा बसी केही गन्थन गर्दै थिए। उनी नजिकै आई थप्पक बसे र मुनाको हातमा त्यो झोला र केही पैसा थमाए । मुना अलमलमा परिन । कुनै सञ्कोच नमान बहिनी तिमी पढन राजधानी जाउ  भने । यताको सबै म बेहोरौला भन्दै मुनालाई जान आग्रह गरे ।  तर मुनाले कुनै पनि हालतमा पढन नजाने निधो गरिन । दाइ अलि  हक्की स्वाभावको भएकोले उनलाई अन्ततः पढाईको लागि राजधानी जान तयार भईन  । फेरि उनको लक्ष्य पनि त पूरा भएको थिएन ।मानिसको जीवन प्रायः एउटै गति र एकै ढ्ङ्गबाट कहिल्यै पनि प्रस्तुत हुन सक्दैन । अब मुना पनि एक युवती अनि क्याम्पसको विद्यार्थी भई सकेकी थिईन । जीवनमा फरक अन्दाज पृथक कथा ब्यथा बोकेर आफ्नो लक्ष्य प्राप्ती र परिवारको इज्जत  राख्न राजधानी छिरिसकेकी थिईन । 

राजधानीको बसाई मनमा फरक उल्लास, उमंग ,हौसला ,अनि त्यो पिडा सम्झिदा के  सहज हुन्थ्यो र मुनाको लागि । कालरात्री झै बन्यो काठमाडौं । लक्ष्य प्राप्तिको लागि गाउँको क्यामपसमा पढेको बिषय छोडी फरक बिषय अध्ययन गर्न पर्‍यो  मुनालाई । आफ्नो लक्ष्य प्राप्ती र घरको दुख पिडालाई नभुली, रातदिन नभनी उनिले आफ्नो डाक्टर बन्ने सपना पूरा गर्न खटिन । फरक परिवेश, नयाँ ठाउँ , नयाँ मान्छे,हरेक दिनको एकान्त बसाई, एक जवान युवती र पनि उनको सोचाई कहिल्यै नकारात्मक बाटोतर्फ अग्रसर हुन सकेन । सायद आधारभुत आवश्यकता को अनुपस्थितले होला । 

मुनाले घर परिवार र समाज छोडी राजधानी पसेको पनि वषौ भई सकेछ । आज समयले कोल्टो फेर्यो मुना डाक्टर पास भई सकिन । उनले सरकारी कोटामै नाम निकाली जागिरे जिवनमा प्रवेस गरेको पनि चार चार बर्ष भै  सकेछ । डाक्टरी पेसामा आफ्नो लगनशिलताले लोकप्रिय बनेकी मुनाको आज एक कार्यक्रम बिच सम्मान गरिदै छ। यो खवर पाए पछि गाउको बस चढी उनका आमा र  दाइ पनि सहर आउदै हुनु हुन्छ । समय गतिशील छ कसैले रोकेर रोकिन्न
छेकेर छेक्किन उस्ले आफ्नो आकार लिएरै छोड्छ । मुनालाई सम्मान गर्नको लागि हरेक क्षेत्रका बौद्धिक ब्याक्तित्वहरुको जमात छ ।  सम्मान स्थल त झन बिवाह मन्डप जस्तै गरि शृङगारिएको छ । मुनाको प्रवेश भयो ।  उनलाई आसन ग्रहणको लागि आग्रह गरियो । उनले सहर्ष स्विकार गर्दै बसिन । सम्मान स्थलको सबै भन्दा पछिल्लो कुर्सिमा मुनाका आमा र  दाइ  पनि मुस्कुराउदै बसेका छन । मुनालाई स्वास्थ्य क्षेत्रको अवार्ड प्रदान गरिदै छ। मुनाका दाइ मुना सम्म जान हतारिदै छ्न र थकित पनि छन । जब मुनाको हातमा अवार्ड पर्‍यो उनका दार्इ पनि मुनाको पाउमा परे  । मुना झस्किन  माहोल फरक बन्यो । उनले दाईलाई उठाउन खोजिन दाई उठेनन । त्यसपछी मुनाले दाईलाई अस्पताल पुर्‍याइन । चेकजाँच गर्दा डाक्टरले दाइ अब कहिल्यै पनि उठ्न नसक्ने भएको जानकारी मुनालाई दिए । मुना आतिइन आखिर हुने हार दैब न टार भने झै मुनाका दाइ सदा  र्‍ सदाका लागि उठ्न नसक्ने भए पछि दाईको  दाहसंस्कार गरि आमा सङ्गै घर फर्किन्छिन । दाईको कोठामा गैइ हरेक तस्वीर अङ्गाल्दै बहकिदै गर्दा सोही क्रममा उनिले दाईको टेबुलमा राखेको एक डायरी देख्छिन हतार हतार हेर्छिन  त्यसमा लेखिएको हुन्छ । 

 बहिनी मलाई माफ गर, तिमी घर फर्कदा म हुन्छु हुदिन, मैले तिम्रो लागि केही गर्न सकिन । तिमिलाई केही दिन सकिन।हुन त म सङ्ग के नै पो छ र  म सङ्ग भएको मेरो शरिरको यहि एउटा सम्पत्ति  (मृगौला) दान गरेको छु। दाइजो सम्झि तिमिले तिम्रो लक्ष्य पूरा गरि असल मान्छे बन्नु ।  
  उहीँ तिम्रो दुबै गोडा नभएको दाई
                                           देव
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top