होमपेज / समाज
सल्यानमा शनिबार बिहान भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्रिवेणी गाउँपालिका– ५ सिम्कका ५० वर्षीय डिल्लीबहादुर वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यसअघि सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा त्रिवेणी गाउँपालिका– ६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र वडा नं ५ सल्लेकी १८ वर्र्षीया बिपना बुढाथोकीको मृत्यु भएको थियो।
त्रिवेणी गाउँपालिका– ५ सिम्कबाट दाङ तुलसीपुर जाँदै गरेको लु.प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो सिम्कमा दुर्घटना भएको थियो। दुर्घटनामा अन्य तीनजनाको संजिवनी अस्पताल गोग्ली घोराही ,दाङमा उपचार भइरहेको छ।





.jpg)