होमपेज / समाज
भदौ २३,सल्यान
राप्ती राजमार्ग अन्तर्गत सल्यान –दाङ सडकखण्डको कपुरकोट गाउँपालिका ५ खारखोलामा पहिरोमा परेर १७ वर्षीय किशोरको मृत्यु भएको छ ।
मंगलबार राति पैदल पहिरो पार गर्ने क्रममा माथिबाट एक्कासि आएको पहिरोमा पर्दा त्रिवेणी गाउँपालिका ३ लोटाउनेका १७ वर्षीय मदन पुन गम्भीर घाइते हुनुभएको थियो ।
घाइते पुनलाई सल्यान श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार गरिएको थियो । उहाँको टाउको, छाती, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सामान्य उपचारपछि थप उपचारका लागि सल्यान जिल्ला अस्पतालमा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले राति करिब १ बजेर १० मिनेटमा मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । शव जिल्ला अस्पताल सल्यानको शवगृहमा राखिएको
सोही घटनामा त्रिवेणी गाउँपालिका ३ कै करिब १८ वर्षीय सुनिल थापा घाइते भएका छन् । उनको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।





.jpg)