होमपेज / कला/साहित्य
औषधी थिएन डाक्टर थिएन अस्पतालमा
र त हैजाले मर्नु पर्यो मेरी आमा अकालमा !
कोहिलाई आफू सुम्पिनुको हविगत हेर्नोस् ।
छट्पटाएको यो आफ्नै रगतको आहालमा !
तिमी डुङ्गा शयर गर्न फेवा पुग्छौं रारा पुग्छौं ।
म पीडा शयर गरिरहेछु यै आँसुको तालमा !
मेरो अस्तुले ऊ सग यहीँ उत्तर खोजेको छ ।
जानी-जानी किन आगो सल्कायो परालमा !
म काठ थिए र पो तिम्रो प्रहारले असर गरेन ।
झुक्केर पनि प्रहार नहुनु सिसाको झ्यालमा !





.jpg)