ट्रेण्डिङ

होमपेज / पर्यटन

ऐतिहासिक मालिका लेक ओझेलमा

  दिपक शर्मा २०७६ चैत्र ५ गते बुधबार ११:४२:२९ मा प्रकाशित

दिपक शर्मा चैत ५, सल्यान
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ऐतिहासिक धार्मिक मालिका लेक ओझेलमा परेको छ । दार्मा गाउँपालिका ४ मा रहेको मालिका पूर्वाधार अभाव तथा आवश्यक प्रचार प्रशारको अभावमा ओझेलमा परेको हो । 
समुद्री सतहदेखि १ हजार ७ सय मिटर उचाईमा रहेको पर्यटकीय मालिका लेक ओझेलमा पर्दै आइरहेको छ । १६८० सालदेखि कालिका र मालिका भगवतिको मन्दिर बनाई पुजाआजा गरिएपनि पूर्वाधारको अभावमा ओझेलमा पर्दै आइरहेको मालिका मालिका पर्यटन प्रवद्र्धन पुर्वाधार विकास समितिका अध्यक्ष असविर बुढाथोकीले बताए । पूर्वाधारको निमार्ण हुन नसक्दा ऐतिहासिक महत्व बोकेको मालिका लेक ओझेलमा परेको उनको भनाई छ । उनले भने बाइसे चौबिसे राज्य हुँदा सल्यान, जाजरकोट, बडागाउँ र जुम्लाका राजाहरुले वर्षमा एकपटक अनिवार्य मालिका लेकमा आएर पुजा गरेको बुढापाका बताउछन् । 
मालिका मन्दिरमा १९९० मा तत्कालिन श्री ३ जुद्धशमसेरले भ्रमण गरेको र मन्दिरमा घण्टा चडाएको उनको भनाइ छ । 
२०७४ सालमा मालिका लेकमा नयाँ मन्दिर निमार्ण गरिएपछि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास  हुन थालेको स्थानीय दल बहादुर केसीले बताए । उनले भने यसको विकास गर्न स्थानीय सरकार र सरोकारवालाहरु जुटे पछि यसको सुन्दरता र महत्वको चर्चा हुन थालेको छ । एक सय २० हेक्टर क्षेत्रफलमा फैलिएको मालिका क्षेत्रको विकासका लागि सरकारी निकायले खासै वास्ता नगरेको उनको गुनासो छ । 
जिल्ला भित्र र बाहिरका सर्वसाधारणका लागि मात्र नभएर विदेशी पर्यटकका लागि समेत खोज र मनोरञ्जनको आर्कषक पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मालिका क्षेत्रको विकास र प्रवद्र्धनका  लागि दार्मा गाउँपालिकाले विशेष गुरु योजना बनाई रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । उनले मालिकालाई जिल्लाको उत्कृष्ट पर्यटकीय स्थलमा बनाउनका लागि पूर्वाधार विकास एवं अन्य संरचना निमार्ण गर्न मालिका पर्यटन क्षेत्र विकासका लागि विस्तृत परियोजना प्रतिवदेन निमार्ण समेत गरी सकेको बताए ।
 सडक, विजुली, सञ्चार सुविधा सम्पन्न , मालिका भ्यूटावर, रिर्सोट, पार्क, पिकनिक स्पट लगायतका पूर्वाधारको विकास गरेर मालिकालाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आफुले बजेट र योजना तर्जुमा गर्ने काम गरी रहेको गाउँपालिका अध्यक्ष केसीले बताए । 
परापुर्वकालमा मालिका लेकको बिचमा दह रहेको किमदन्ती रहेको छ । लेकमा कालिका मालिका देवीका साथै सिद्धको पनि वासस्थान रहेको जनविश्वास रहेको छ  । उक्त दहमा एक जना बच्चा डुवेपछि कालिका मालिका देवीले सिद्धलाई बच्चालाई नबचाएको भन्दै सिद्धलाई हटाएको र उक्त ठाउँबाट सिद्ध गएपछि दह सुकेको किमदन्ती रहेको स्थानीय शिक्षक असविर बुढाथोकीले बताए ।  
लेकको बिचमा हिरियो समथर भूभाग, भेरी नदीको किनारदेखि सिस्ने हिमालसम्म, जाजरेकाटको कुसेमुसेदेखि मौराखारा बारेकोटसम्म, सुकिदह विजयधुरीदेखि पाथीभरा र लसुनेसम्मका दुश्यावलोकन गर्न सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top