होमपेज / राजनीति
माघ २४,सल्यान
२१ फागुनको प्रतिनिधि सभाका उम्मेदवारहरु मतदाताको घरदैलोमा व्यस्त छन् । दलका उम्मेदवार पार्टी संयन्त्रमार्फत गाउँगाउँ पुगिरहेका बेला स्वतन्त्र उम्मेदवार पनि आफ्ना समर्थक, शुभचिन्तक, साथी समूहको प्रयोग गर्दै आफ्नो सक्रियता बढाइरहेका छन् ।
यसपटक भोट माग्न दरदैलोमा आएका उम्मेदवारसँग नागरिकले भावी योजना र एजेन्डा खोजेका छन् । शनिबार श्रीनगरमा सल्यानी युवा सञ्जालले आयोजना गरेको सल्यान संवाद जनताको सवाल उम्मेदवारको जवाफ कार्यक्रममा नागरिकले उम्मेदवारलाई आधारभुत आवश्यकता, शिक्षा, स्वास्थ्य, सडक, कृषि बेरोजगारी लगायतका विषयमा उम्मेदवारलाई खरा प्रश्न सोधेर ¥याख¥याख्ती नै पारे । विगतमा भन्दा यस पटकको चुनावमा मतदाता सचेत र जागरुक देखिएका छन् । उनीहरुले उम्मेदवारले प्रतिवद्धता मात्र व्यक्त गर्ने होइन की उक्त प्रतिवद्धता पुरा हुने योजना समेत माग गरे । विगतमा गाउँमा पूर्वाधारको विकास थिएन मानिस थिए । अहिले पूर्वाधार गाउँमा पुग्यो तर मानिस छैन् ।
आफ्नै गाउँघरमा नागरिक फर्काउन उम्मेदवारको योजना के छ ? बागचौर नगरपालिका ३ रातपहराका इन्द्र बहादु भण्डारीले प्रश्न गर्नु भयो ? यस्तै सल्यानका किसानहरुले उत्पादन गरेको कृषिजन्य वस्तुको उचित मूल्य कहिले पाउछन् र सल्यान कृषिमय जिल्ला कहिले हुन्छ भनेर प्रश्न गरेका छन् । यस्तै शारदा नगरपालिका २ का कविराज रोकायले निवार्चनमा उम्मेदारले जनतासामु गरेका बाचा पुरा नगरे तपाईहरुलाई के गर्ने भने उम्मेदवारलाई तिखो प्रश्न गरे । शारदा नगरपालिका १४ का नागरिक प्रदीप भण्डारीेले विकास निर्माणमा किन राजनितिकरण हुन्छ भनेर प्रश्न गरेका छन् । सरकारी निकाय देखि हरेक क्षेत्रमा राजनीतिक गन्ध आउदा विकासले गति लिन नसकेको बताउँदै सर्वसाधरण जनता त्यसबाट प्रत्यक्ष मारमा परेको बताउनु भयो ।
नेपाली कांग्रेस, एमाले, रास्वपा संवाद कार्यक्रममा सहभागि नभएपनि नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ल, नेपाल मजदुर किसान पार्टी, लाल बहादुर थापा क्षेत्री, नेशनल रिपब्लिक नेपालका डिल्ली बहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालिदास विक. र स्वतन्त्र उम्मेदवार ध्रुवराज वलीलाई नागरिकलाई आगामी एजेन्डा र योजनाका बारेमा प्रश्न गरेका थिए । २०६४ देखि तत्कालिन माओवादी केन्द्र) हालको नेपाली कम्युनस्ट पार्टीले जित्दै आएको सल्यानमा धेरै प्रश्न नेकपा उम्मेदवार मल्ल तिर तेर्सिएका थिए । नागरिकले राप्ती राजमार्ग, स्वास्थ्य शिक्षा तगा रोजगारीका लगायतका विषयमा पश्न गर्नुका साथै विगतका प्रतिवद्धता पुरा नहुनुका कारणको समेत माग गरेका छन् ।
जवाफमा उम्मेदवारहरुले जिल्लाका समस्याहरुलाई प्राथमिकीकरण गरेर समाधान गर्नु पर्ने बताए । नागरिकको प्रश्नको जवाफ दिदै नेकपाका उम्मेदवार रमेश कुमार मल्ले जिल्लाका तमाम समस्या बिच ती समस्यालाई प्राथमिकीकरण गरेर जान सके मात्र निकास निकाल्न सकिने बताउनु भयो । पूर्वाधारका क्षेत्रमा केही काम गरेको बताउँदै मल्ले त्यसलाई आधार बनाएर अघि बढछौं ।
यस्तै स्वतन्त्र उम्मेदवार ध्रुवराज वलीले युवालाई सिपमा जोड्दै आफ्नै माटोमा जीवनसक्ने बनाउनु पर्ने बताउनु भयो ।





.jpg)