ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानबाट एक अर्ब ६९ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी

  दिपक शर्मा २०८२ चैत्र २७ गते शुक्रबार २०:५५:२८ मा प्रकाशित

सल्यानबाट एक वर्षमा एक अर्ब ६९ करोड १० लाख चार हजारबराबरको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानको गत आर्थिक वर्ष ०८१/८२को तथ्यांकअनुसार चार लाख १४ हजार ५ सय ८७ मेट्रिकटन कृषिजन्य वस्तुबाट एक अर्ब ६९ करोड १० लाख चार हजार रुपैयाँ जिल्ला भित्रिएको हो । 

 

कार्यालयका अनुसार तीन करोड ७२ लाखको मकै, ३७ लाख ८० हजारको कोदो , ५१ करोड करोड ९८ लाख ५७ हजारको ताजा तरकारी, ४२ करोड १८ लाख ८५ हजार रुपैयाँको सुन्तला, कागती र किबी निकासी भएको छ । 

 

यस्तै, एक करोड ९४ लाख ६६ हजारको फलफूल नर्सरी, ३८ करोड १९ लाख ८१ हजारको अदुवा र बेसार, ५० लाख ५७ हजार रुपैयाँको अलैँची, २९ करोड ४ लाख ५२ हजारको आलु, ८५ लाखको मह र १९ लाख २५ हजारको तिल, भांगो सिमी निकासी भएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । 

उनका अनुसार सल्यानबाट बेमौसमी ताजा तरकारी र सुन्तला बढी मात्रामा निकासी हुने गरेको छ । उनले भने, ‘सल्यानका किसानको नगदेबाली नै भन्दा नि हुन्छ तरकारी, सुन्तला मसलाबालीअन्तर्गतको अदुवा र बेसार । जिल्लामा विशेष गरी यी तीन चिज नै सल्यानका किसानको मुख्य आम्दानीको स्रोत बनेका छन् ।’ 

जिल्लामा उत्पादन भएको कृषिजन्य वस्तु दाङ, नेपालगन्ज, सुर्खेत, पोखरा, बुटवल, काठमाडाैं, धनगढीलगायतका मुख्य व्यापारिक केन्द्रमा जाने गर्दछ । 
कार्यालयका अनुसार सल्यानबाट मकै एक हजार १७० मेट्रिकटन, कोदो ३२ मेट्रिकटन, ताजा तरकारी ६५ हजार ५४९ मेट्रिकटन, सुन्तला, कागती किबी पाँच हजार १३१.१ मेट्रिकटन, फलफूल नर्सरी ३२ लाख पाँच हजार ५५० वटा, आठ हजार ११५ मेट्रिकटन अदुवा, बेसार, २.५८ मेट्रिकटन अलैँची, आठ हजार ८६४ मेट्रिकटन आलु, ८.५ मेट्रिकटन मह र १६५ मेट्रिकटन तिल, भांगो सिमी निकासी भएको छ । आ.व. ०८०/८१ मा सल्यानबाट ३० हजार ३०१ मेट्रिकटन कृषिजन्य वस्तु निकासी हुँदा एक अर्ब ४२ करोड ११ लाख २२ हजार रुपैयाँ जिल्लामा भित्रिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top