ट्रेण्डिङ

होमपेज / अर्थ

स्वर्गीय लिलाधर रानाको स्मृतिमा रु. ५१ हजारको अक्षयकोष स्थापना

  सल्यान खबर २०८३ श्रावण २१ गते बिहीबार २०:४५:०९ मा प्रकाशित

सल्यान, बनगाड कुपिण्डे नगरपालिका–४ गर्चे निवासी समाजसेवी उषा रानाले आफ्ना स्वर्गीय ससुरा लिलाधर रानाको स्मृतिमा श्री जय नेपाल आधारभूत विद्यालयमा रु. ५१ हजारको अक्षयकोष स्थापना गरेकी छन्।

स्वर्गीय लिलाधर राना उक्त विद्यालयमा वि.सं. २०३८ देखि २०४८ सालसम्म शिक्षक तथा प्रधानाध्यापकका रूपमा कार्यरत रहेका थिए। शिक्षा क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको सम्मानस्वरूप बुहारी उषा रानाले उहाँकै नाममा अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ।

स्थापित अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, अनुशासित तथा लगनशील छात्र–छात्राहरूलाई प्रत्येक वर्ष छात्रवृत्तिका रूपमा वितरण गरिनेछ। यसबाट आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई थप प्रोत्साहन पुग्ने विश्वास गरिएको छ।

विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर रानाले समाजसेवी उषा रानाको यस अनुकरणीय योगदानप्रति आभार व्यक्त गर्दै शिक्षा क्षेत्रमा यस्ता सामाजिक कार्यले सकारात्मक सन्देश दिने बताए। साथै, विद्यालयको तर्फबाट उहाँको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top