ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा किल्ला जोगाउने र विरासत फर्काउने होड, चुनावी मैदानमा नयाँ अनुहार

प्रतिनिधि सभा निर्वाचन

  दिपक शर्मा २०८२ माघ २३ गते शुक्रबार १५:१७:०४ मा प्रकाशित

२o८२ माघ २३ 

एक निर्वाचन क्षेत्र रहेको सल्यानमा यस पटकको चुनावमा १२ राजनीतिक दल र दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धामा छन् । विगतमा पुरानै अनुहार उम्मेदवार बनाउँदै आएका राजनीतिक दलहरुले यसपटक भन नयाँ अनुहारहरुको प्रतिस्पर्धा गराएका छन् । जिल्लामा विगतका निर्वाचनका लागि राजीतिक दलहरुका पुराना नेताहरुको हालीमुहाली हुँदै आइरहेको थियो । उनीहरु नै उम्मेदवार हुँदै आएका थिए । तर यसपटक पूर्ण रुपमा नयाँ अनुहार नै प्रतिस्पर्धामा देखिएका छन्। 

सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ( तत्कालिन माओवादी केन्द्र)  बलियो देखिन्छ। जसले यसपटक पनि आफ्नो जितको निरन्तरता दिनलाई युवा नेता रमेश कुमार मल्ललाई उम्मेदवार बनाएको छ । २०५१ मा नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाह र २०५६ एमालेबाट प्रकाश ज्वालाले जितेका थिए । त्यसपछिका सबै निर्वाचनमा तत्कालिन माओवादीले जित हात पार्दै आइरहेको छ । २०५६ मा एमालेबाट निर्वाचित ज्वाला एकीकृत समाजवादी र माओवादी बिच पार्टी एकता पछि नेकपामा हुनु हुन्छ। २०६४, ०७० र ०७४ मा माओवादी केन्द्रका टेक बहादुर बस्नेतले  निर्वाचन जितेका थिए। ०७९ को निर्वाचनमा माओवादीको सहयोगमा तत्कालिन समाजवादीका नेता ज्वाला निर्वाचित  भएका थिए । 

यस पटक सबै उम्मेदवार नयाँ र युवा भएकाले यसै भन्न नसकिएपनि मुख्यतह तीन पार्टीबिच नै प्रतिस्पर्धा हुने देखिन् । नेपाली कांग्रेस ०५१ र एमाले ०५६ को जित दोहोर्‍याउने होडमा छ भने नेकपा आफ्नो जितलाई निरन्तरता दिने जोडमा रहेको छ। ०६४ पछिको निर्वाचनमा माओवादी फ्याक्टर बलियो देखिदै आएको छ। नेकपा आफ्नो किल्ला जोगाई राख्ने प्रयासमा देखिन्छ भने कांग्रेस र एमाले पुनरावृति गर्ने दाउमा देखिन्छन् । यद्यपी साना दलहरुले पनि राजनीतिक दलहरुलाई टक्टर दिने देखिन्छ । सबै उम्मेदवार नयाँ भएकाले मत विभाजनको सम्भावना पनि उच्च देखिन्छ । 

कस्ता छन् नयाँ अनुहार ? 
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका रमेशकुमार मल्ल  चुनावी प्रतिष्पर्धामा नयाँ  हुन् । उनी नेकपाका पुराना र सल्यानबाट पटक–पटक सांसद, मन्त्री भइसकेका टेकबहादुर बस्नेत र प्रकाश ज्वालालाई उछिनेर उम्मेदवार बन्दै पहिलो पटक निर्वाचनमा होमिएका व्यक्ति हुन् ।नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड को सचिवालयमा बसेर राजनीतिमा सक्रिय थिए । विद्यार्थी राजनीतिबाट उदाएका मल्ल अहिले नेकपाको केन्द्रिय सदस्य छन् । 

नेपाली कांग्रेसबाट केशबहादुर बिष्ट पहिलो पटक संसदीय निर्वाचनको प्रतिष्पर्धामा रहेका छन्। उनी नेपाली कांग्रेस सल्यानका जिल्ला सभापति तथा जिल्ला समन्वय समितिका पूर्व प्रमुख समेत हुन्। बिष्ट २०७९ सालको स्थानीय निर्वाचनमा पालिका अध्यक्षमा पराजित भएका थिए। नेकपा एमालेबाट गुलाबजंग शाह उम्मेदवार बनेका छन् । उनी कर्णाली प्रदेशमा पूर्व प्रदेश सभा सदस्य भइसकेका नेता हुन् । भने २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएका हुन् । प्रतिनिधि समाभा भने पहिलो पटक उम्मेदवार बनेका छन्।

नेकपा (माओवादी) बाट चन्द्रबहादुर खड्का (असल) उम्मेदवार बनेका छन्। खड्का पार्टीको पोलिटब्युरो सदस्य हुन्। नेकपा माओवादी पहिलो पटक संसदीय निर्वाचनमा गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितचन्द उम्मेदवार रहेका छन्। उनी पनि नयाँ उम्मेदवार हुन्। राप्रपाबाट अमिसा नेपाली उम्मेदवार बनेकी छन । उनी राप्रपाबाट समानुपातिकतर्फको निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top