होमपेज / शिक्षा
इन्द्र बुढाथोकी असार ९ सल्यान ।
सुर्खेत सिम्ता गाउँँपालिका वडा न १ को श्री भगवती माध्यमिक विद्यालय नजिकैबाट सडक खन्दा सुख्खा पहिरो गएको छ ।
अनाधिकृत रुपमा सडक खन्दा ५ कोठे भवन बनाएको फिल्डमा पहिरो गएको छ । जाजरकोट शिवालय गाउपालिका वडा न २ को लैकडा जाने सडक बिध्यालयको नजिकै बाट खन्दा पहिरो जाँदा विद्यालय जोखिममा परेको छ ।
२०६३ सालमा बनाएको ३ कोठे पक्की भवन र २०६४ सालमा बनाएको २ कोठे जस्तापाताले बनाएको भवन अहिले जोखिममा परेको स्थानीय मदन रानाले जानकारी दिएका छन । उक्त भवन जोखिममा पर्दा ८० लाख बराबरको क्षेती हुने अनुमान गरिएको छ ।
उक्त सडक निर्णय गर्ने उपभोक्ताले बिध्यालमा मेसिनरी वाला लगाइदिने भने पनि लगाउदै गर्दा पहिरो आएको र भवनको जगमा असर गरेको रानाले बताएका छन । बिद्यालयको घेरबार सहित विद्यालय भवनमा असर परेको छ ।





.jpg)