ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको दार्मा गाउँपालिकामा वडा स्तरिय एसईई परीक्षा तथा कक्षागत स्व-अध्ययनका सहजीकरण समिति गठन

  प्रकाश शर्मा २०७७ जेठ २ गते शुक्रबार १७:५२:२२ मा प्रकाशित

प्रकाश शर्मा जेठ २, २०७७ सल्यान 
सल्यानको दार्मा गाउँपालिकामा वडा स्तरिय एसईई परीक्षा तथा कक्षागत स्व अध्ययनका सहजीकरण समिति गठन गरिएको छ । 


विद्यार्थीलाई नियमित पठन संस्कृतिको विकास गर्न र एसईइको तयारीका  लागि गाउँपालिकाका वडामा वडा स्तरिय सहजीकरण समिति गठन गरेको हो । 
 गाउँपालिकामा गठित एसइई परीक्षा तथा कक्षागत तयारी तथा स्व अध्ययन सहजीकरण समितिको वैठ्कले वडागत रुपमा समिति गठन गरेको छ । 


वडा न १ माा बलदेव शर्मा संयोजक, वडा न २ मा कविकुमार चन्द, वडा न ३ मा दीपक शर्मा, वडा न  ४ मा मनविर केसी, वडा न ५ मा केशव चन्द र वडा न ६ मा राजेश देवकोटाको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरिएको दार्मा गाउँपालिका शिक्षा अधिकृत शेर प्रसाद ढकालले बताए । 


एसइइ परीक्षा तयारीको निरन्तरता तथा अन्य कक्षामा अध्ययनरत विद्यार्थीहरुलार्य पनि स्व अध्ययनमा सक्रिय बनाउने यस्तो कार्य गरिएको उनको भनाई छ । कोरोना भाइरसको जोखिमबाट बाँच्ने र बचाउने कुरालाई ध्यान दिदै शिक्षक परिचालन गरी शैक्षिक जागरणमा सक्रिय रहने ढकालले बताए । 


यस्तै वैठ्कले डिस होमको पहँुचमा हुने विद्यार्थीको अभिलेख संकलन र प्रशारण समय तालिकाको जानकारी गराउने, एसइई दिने विद्यार्थी तथा अभिभावकहरुलाई फोन सम्पर्क गरी विद्यार्थीको परीक्षाको तयारी बारे जानकारी लिने निर्णय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top