होमपेज / शिक्षा
प्रकाश शर्मा वैशाख २४,सल्यान
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका विरुद्ध लगाइएको लकडाउनको अवधिमा भर्ना नगर्न विद्यालयलाई दार्मा गाउँपालिकाले अनुरोध गरेको छ । अनलाइन पठनपाठनमा नाममा शुल्क लिने वा वैंक खाता रकम जम्मा गर्न लगाउने जस्ता कार्य नगर्न नगराउन अनुरोध गरेको छ ।
प्रधानाध्यापक तथा विषय शिक्षकहरुले एसइई परीक्षा दिने विद्यार्थी तथा अभिभावकलाई नविनतम सूचना प्रविधि, फोन, म्यासेज, विभिन्न सामाजिक सञ्जालको प्रयोग) गरी परीक्षा तयारीको अवस्था बारे जानकारी लिई तयारीमा लाग्न लगाउन पनि निर्देशन दिएको छ ।
दार्मा गाउँपालिकाका शिक्षा अधिकारीद्धारा जारी ११ बुँदे निर्देशनमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सबै पदाधिकारीहरुले एसइई र कक्षा ११ , १२को परीक्षा दिने विद्यार्थीलाई परीक्षाको तयारी तथा अन्य कक्षाका विद्यार्थीलाई स्वअध्ययन तथा परिवारमै माथिल्लो योग्यता भएका अभिभावक तथा परिवारका सदस्यबाट सिक्ने सिकाउने वातावरणका लागि सहयोग गर्ने उल्लेख गरिएको छ ।
यस्तै डिस होमको पहुँचमा रहेका विद्यार्थीहरुका लागि डिस होमबाट प्रशारण हुने विषय र समय उल्लेख गरिएको छ । .jpg)
.jpg)
.jpg)
.jpg)





.jpg)