ट्रेण्डिङ

होमपेज / शिक्षा

दार्मा गाउँपालिकाद्धारा कक्षा ५ र ८ को परीक्षाफल प्रकाशित

  प्रकाश शर्मा २०७७ बैशाख १८ गते बिहीबार २१:३६:४८ मा प्रकाशित

प्रकाश शर्मा वैशाख १८, सल्यान 
सल्यानको दार्मा गाउँपालिकाले कक्षा ५ र ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । मोवाइल एस एम एस र गाउँपालिकाको वेवसाइटबाट नतिजा सार्वजनिक गरेको हो । 


एस. एम. एसबाट नतिजा हेर्न नेपाल टेलिकमको जिएसएम र स्काई मोवाइल सिमबाट रिजल्ट दार्मा सिम्बोल नम्बर टाइप गरी ३१००७ मा मेसेज पठाउन सकिने दार्मा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिृकत शेरप्रसाद ढकाले बताए । 


उनका अनुसार परीक्षार्थीको सिम्बोल नम्बर, विद्यालयको इएमआइएस कोड र साल र विद्यार्थीको पाँच अंकको इएमआइएस कायम गरिएको छ । परीक्षाको नतिजा गाउँपालिकाको वेवसाइटबाट पनि हेर्न सकिने उनको भनाई छ । 


परीक्षाको नतिजामा चित्त नबुझेमा २०७७ वैशाख २५ गतेभित्र पुनयोगका लागि सम्बन्धित विद्यालयमा र सम्बन्धित विद्यालयले तीन दिन भित्र शिक्षा, युवा तथा खेलकुद शाखामा सिफारिस गर्न सक्ने ढकालले बताए । 


डी वा सो भन्दा कम ग्रेड ल्याएका विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षाका लागि सम्बन्धित विद्यायमा २०७७ वैशाख ३० गते निवेदन दिन सक्ने र सम्बन्धित विद्यालयले समष्टिगत फारम तयार गरी २०७७ जेठ ४ गते भित्र शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन आग्रह गरिएको अधिकृत ढकालको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top