होमपेज / शिक्षा
साउन २५,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ खनियाखर्कमा रहेको भानुभक्त प्राथमिकता विद्यालयको २ कोठे नव निर्मित भवन कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले उद्घाटन गर्नु भएको छ । कर्णाली प्रदेश सरकारको २९ लाख रुपैयाँमा २ कोठे भवन बनेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुरेश अधिकारीले सबैको प्रतिनिधि मात्र भएको र आफू कुनै ठुलो मान्छे नभएको र तपाईँहरूको विश्वास गरेर जिताएर पठाएको एउटा मान्छे भएको बताउनु भएको छ । म भ्रष्टाचार गर्दिन, विकास, सुशासन, अनैतिक कुनै गलत काम गर्ने छैन भनेर गरेको बाचा अनुसार हजुरले मलाई प्रतिनिधि बनाएर पठाउनु भएको बताउनु भएको छ । यो मेरो पहलमा भएको मात्र हो तर बजेट सरकार भए समेत बताउनु भएको छ । विकास कसैले आफ्नो व्यक्तिगत गर्ने होइन पहल भने गर्नु पर्ने बताउनु भएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्री हुनाको नाताले सबै भन्दा बढी बनगाड कुपिण्डे नगरपालिका बजेट आएको समेत बताउनु भएको छ । आएको बजेट कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नु भएको छ । कुपिण्डे दहमा कसैको नजर नपरेकोले त्यो लगायत अन्य ठाउँमा विकासको लागि बजेट आएको समेत बताउनु भएको छ । सल्यान जिल्लाका सबै ८३ वटा वडामा बजेट आएको समेत बताउनु भएको छ । आफू जुन पार्टी बाट जिते पनि सबैको साझा व्यक्ति भएको बताउनु भएको छ । मन्त्री र सांसद भए पनि सबैको साझा व्यक्ति हुने त्यसको कदर गर्ने बताउनु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख पुरुषोत्तम आचार्यले विद्यालय भवनको उद्घाटनमा बोल्दै विद्यालय भवन भए सङ्गै विद्यालयमा आफ्ना बालबालिकालाई विद्यालयमा पठाउनु पर्नेमा जोड दिनु भएको छ । भवनहरू बनाउँदै जाने तर विद्यार्थी नहुने समस्या भएकोले यसलाई समाधान गर्नु पर्नेमा जोड दिनु भएको छ । साथै सामुदायिक वन दिवसको अवसर विद्यालयमा वृक्ष रोपण समेत गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष झरण बस्यालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दुर्गा बहादुर वलीले गर्नु भएको थियो ।





.jpg)