होमपेज / शिक्षा
चैत १४,सल्यान
जिल्लामै पहिलो पटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ । बनगाड कुपिण्डे नगरपालिका ६ सुनौलीबजारमा रहेको बनगाड क्याम्पसमा पहिलो पटक देवकी मल्ल नियुक्त हुनु भएको छ ।
वि.स.२०६६ सालमा स्थापना भई वि.स २०६९ सालमा सम्बन्दन प्राप्त गरेको थियो । जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात क्याम्पस सञ्चालनमा रहेका छन् । सात मध्ये बनगाड क्याम्पसले पहिलो पटक महिलालाई प्रमुखको रुपमा जिम्मेवारी दिएको छ । क्याम्पसको सुधारका लागि काम गर्ने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
महिलाले पनि जिम्मेवारी निवार्ह गर्न सक्छन् भन्ने समाजलाई चेतना जगाउने कार्यमा एक इट्टा आफूले थपेको मल्लको भनाई छ । उहाँले भन्नु भयो समाजमा महिलालाई अझै पनि सकारात्मक ढंगले हेर्ने गरेको पाइदैन । महिलाहरुले पनि अवसर पाएपनि काम गर्न सक्छन् र समाजको पनि नेतृत्व गर्न सक्छन बन्ने उदाहरण बन्ने प्रयास गर्ने छु ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै नगर उप प्रमुख पुरुषोत्तम आचार्यले कार्यकाल सफलताको शुभकामना दिदै यसलाई अवसरको रुपमा लिएर क्याम्पस विकासको लागि अगाडि बढ्न अनुरोध गर्नु भयो । जिल्लामा पहिलो पटक महिला क्याम्पस प्रमुख भएको र अब महिलाले पनि केही गर्न सक्छन् भन्ने उदाहरण दिन समेत आग्रह गर्नु भएको छ ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा ६ न वडा अध्यक्ष गणेश विसिले स्थापना कालदेखीका प्राध्यापकहरु सहितको अनुभवी टिम भएकोले त्यही अनुभवलाई आदानप्रदान गर्दै क्याम्पस प्रमुखलाई अगाडि बढन आग्रह गर्नु भएको छ । बाध्यताबाट आवश्यकताको सिद्धान्त अनुसार अगाडि बढेर महिलाले पनि केही गर्न सक्छन् भन्ने उदेश्यका साथ अगाडि बढ्नु हुन र सबैको सहयोगले अगाडि बढ्न सक्ने बताउनु भएको छ । यसलाई अवसरमा बदलेर विकास गर्न आग्रह गर्नु भएको छ ।