होमपेज / शिक्षा
इन्द्र बुढाथोकी फागुन १२,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले विद्यालयको अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिका भित्र रहेका १२ वटै वडाका सामुदायिक विद्यालयहरु अनुगमन गरेको छ ।
फाल्गुन ३ गते देखि अनुगमन सुरु गरेकोमा अहिले सम्म १० वटा वडाको विद्यालय अनुगमन गरिसकेको सामाजिक विकास समिति सयोजक तथा ७ न वडा अध्यक्ष जीवन सिंह ठकुरीले बताउनु भएको छ । नगर शिक्षा समितिले जीवन सिंह ठकुरीको नेतृत्वमा ५ सदस्यीय अनुगमन कार्यदल बनाएको थियो । उक्त समितिले विद्यालय मिलान, दरवन्दी मिलान, आवश्यकता अनुसार दरवन्दी थपघट गर्ने लगायत काम गर्न जिम्मेवारी पाएको छ ।
अनुगमनबाट नगरपालिका शैक्षिक सुधारका निम्ति सहयोग हुने उदेश्यले कुनै ठाउँ विद्यार्थी धेरै, कुनै ठाउँमा शिक्षक धेरै भएर बिद्यालयको पठनपाठन समेत समस्या हुने गरेको थियो । नगरपालिका पहिलो प्राथमिकता शिक्षा भएको र शिक्षा सुधारका लागि नगरपालिकाले विभिन्न शैक्षिक सुधारका योजनाहरु अगाडि बढाएको छ । पाठ्यक्रम निर्माण, शैक्षिक योजना निर्माण लगायतका कार्य अघि बढाएको छ ।





.jpg)