ट्रेण्डिङ

होमपेज / शिक्षा

विद्यालयलाई निगालोको डालो हस्तान्तरण

  पदम थापा २०८० पौष २७ गते शुक्रबार २१:२३:२६ मा प्रकाशित

 पुस २७,सल्यान 

विकासको आधार शिक्षा हो । यसले व्यक्तिको व्यक्तित्व विकास एवम् जीवनस्तरमा सुधार, श्रम शक्तिको उत्पादकत्व बढाउने, सशक्तीकरण गर्ने र गरिबी कम गर्ने सूचकहरूमा सकारात्मक प्रभाव पार्दछ । साथै यसले मानिसको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको काम पनि गर्दछ । यस कारण विश्वका अधिकांश देशहरूले आफ्नो नागरिकको शिक्षामा पहुँच वृद्धि तथा गुणस्तरीय शिक्षाको विकास गर्न योजनाबद्ध ढङ्गबाट आ–आफ्नो तवरले प्रयासहरू गरिरहेका हुन्छन् ।

 यही लक्ष्यलाई आत्मसाथ गर्दै  बनगाड कुपिण्डे नगरपालिका वडा न ९ स्वारामा रहेको श्री जनकल्याण आधारभूत विद्यालयले निगालोको चोयाबाट निर्माण गरिएको डालो प्रयोगमा ल्याएको छ । 

जथाभाबी फोहोर नगरौँ फोहोर राख्न  विद्यालयमा निगालोको चोयाको डोको, स्थानीय स्रोत साधन प्रयोग गरौँ भन्ने मूल नाराका साथ स्थानीय स्रोत साधनलाई उच्च प्राथमिकतामा राखेर फोहोर सङ्कलन गर्नको लागि निगालोको डालो प्रयोगमा ल्याएको छ । 

विद्यालयका अनुसार प्रत्येक विद्यार्थीले निगालो घरबाट ल्याएको र उक्त निगालोबाट डालो तयार सोही गाउँकै समाजसेवी रुद्र वीर बि।क ले गर्नु भएको थियो । तयार पारेको डालो  विद्यालयलाई हस्तान्तरण गर्नु  हुने विकलाई विद्यालयले सम्मान समेत गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top