ट्रेण्डिङ

होमपेज / खेलकुद

बनगाड कुपिण्डे नगरपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकर माविलाई

  पदम थापा २०७९ फाल्गुण १४ गते आइतबार १४:३९:०२ मा प्रकाशित

फागुन १४,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकर माध्यमिक विद्यालय देवस्थलले उचालेको छ । प्रभाकर मा.वि.ले २३  पदक हात पार्दै रनिङ्ग शिल्डको उपाधि उचालेको हो  । 

यस्तै १९ पदक  सहित त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले दोस्रो स्थान हासिल गरेको छ भने तेस्रो स्थानमा १४ पदक सहित कृष्ण बोर्डिङ स्कुल भएको छ । 
गत फागुन ११ गतेदेखि सञ्चालन भएको दस्रो राष्ट्रपति रनिङ शिल्ड बनगाड कुपिण्डे नगरपालिका – १ को प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा १३ गतेसम्म ३ दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगिता भलिबल, कबड्डी, एथ्लेटिक्स तर्फ दौड, फ्याक्ने, हाइजम्प, लंगजम्प, त्रिपलजम्प, ज्याभेलिंग थ्रो लगायतका प्रतियोगिताहरु भएका थिए ।

समापन कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर वुढाथोकी, प्रशासकीइ अधिकृत जगत घर्ती, शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले विभिन्न विद्यामा प्रतियोगीहरुलाई मेडल सहित प्रमाणपत्र वितरण गरेका गर्नु भएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top