ट्रेण्डिङ

होमपेज / शिक्षा

बनगाड कुपिण्डे नगरपालिकाको शिक्षा समिति बैठक सम्पन्न

  इन्द्र बुढाथोकी २०८० पौष २४ गते मंगलबार २०:४६:३९ मा प्रकाशित

इन्द्रबहादुर  बुढाथोकी पुस २४,सल्यान

सल्यान वनगाड कुपिण्डे नगरपालिकाको शिक्षा समिति बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

सोमबार बसेको नगर शिक्षा समितिको बैठकले ७ न वडा अध्यक्ष तथा सामाजिक विकास समिति सयोजक जीवन सिंह ठकुरीको सयोजकत्वमा विद्यालय मिलान, दरवन्दी मिलान, आवश्यकता अनुसार दरवन्दी थपघट गर्ने लगाएत काम गर्न ५ सदस्यीय कार्यदल बनाएको छ । जसमा सदस्यहरु बसन्त शर्मा, नोखराज विएम, सुरेन्द्र खड्का र चक्रबहादुर रावत रहनु भएको छ ।

उक्त कार्यदलले फाल्गुन १५ गते भित्र सबै काम सकेर शिक्षा समितिलाई प्रतिबेदन बुझाउने निर्णय गरिएको सयोजक जीवन सिंह ठकुरीले बताउनु भएको छ । 

साथै माघ १४ गते देखि १६ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्ने समेत निर्णय गरिएको छ । 

वैदेशिक रोजगारीको शिलसिलामा ज्यान गुमाएका छोराछोरी लाई रित पुराई निवेदन दिएका लाई छात्रवृत्ति दिने समेत निर्णय गरिएको छ । नगर प्रमुख तथा नगर शिक्षा समिती अध्यक्ष कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ ।
बुढाथोकीले भन्नू भयो विगतमा जिल्ला रहदा पनि बनगाड कुपिण्डे नगरपालिकामा धेरै मेहनत गरेर स्थापना गरिएका विद्यालयहरुलाई थप टिकाइ राख्न शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न मेरो ठूलो भुमिका रहेको छ त्यसलाई अहिले थप व्यवस्थित गर्न आफ्नो पहिलो एजेन्डा भएको गुणस्तरीय शिक्षा बनाउनको लागि आफू लागि परेको समेत बताउनु भएको छ ।

पाठ्यक्रम निर्माण देखि शैक्षिक कार्ययोजना समेत बनाएको र अब विद्यालयहरु अनुगमन गरेर मर्ज, दरबन्दी मिलान, दरबन्दी आवश्यकता अनुसार कुनै ठाउँमा थप र घट गरेर शिक्षामा सुधार गर्ने समेत उहाले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top