ट्रेण्डिङ

होमपेज / शिक्षा

दार्मा गाउँपालिकामा सार्वजनिक शिक्षा सुधार एवं विपदमा सिकाइ सम्बन्धी अन्तरक्रिया कार्यक्रम

  प्रकाश शर्मा २०८० मंसिर १० गते आइतबार २०:२८:५३ मा प्रकाशित

प्रकाश शर्मा मंसिर १०,सल्यान 
दार्मा गाउँपालिकामा सार्वजनिक  शिक्षा सुधार एवं विपदमा सिकाइ निरन्तरता सम्बधि  सरोकारवालासँगअन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  भएको छ । 

आइतबार दार्मा गाउपालिका शिक्षा समितिको आयोजनामा दार्मा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न  भएको हो ।
  विद्यमान शैक्षिक अबस्था ,चुनौति र विद्यालयले सम्पादन गर्नुपर्नै न्युनतम भुमिका विषयमा  राष्ट्रिय  योजना आयोग  कर्णाली प्रदेशका सदस्य जित वहादुर शाहले  आफ्नो धारणा राख्नु भएको थियो ।

पुर्व जिल्ला शिक्षा अधिकारी समेत रहनु भएका शाहले हाल कर्णाली प्रदेशले लिएको शिक्षा नीति ,योजना समेत प्रस्तुत गर्नुभएको थियो  ।  सामुदायिक  विद्यालय व्यबस्थापन समितिका केन्द्रीय  सदस्य सेतिराम रोकाहाले  नेपाल सरकारले  नयाँ शिक्षा ऐन यथासिघ्र लागु गर्नुपर्ने वताउनु भयो  । रोकाहाले नयाँ शिक्षा एेन नहुँदा सामुदायिक  विद्यालयमा शैक्षिक गुणस्तर घट्दोक्रममा रहेको बताउदै  शिक्षामा माफियाहरुको हावि भएको  दावि गर्नु भयो । 

कार्यक्रममा दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख रोम प्रसाद पान्डेयले दार्मा गाउँपालिकामा आ व २०८०/८१ को शैक्षिक तथा आर्थिक गतिविधि र  गत मंसिर  १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाईगएको  ६/४ म्याग्नेच्युटको भुकम्पले  सल्यानको दार्मा गाँउपालिकामा  भएको भौतिक क्षति  र पछि संचालन भएको गतिविधि प्रस्तुत गर्नु भएको थियो  ।, कार्यक्रमको अध्यक्षता दार्मा गाँउपालिका उपाध्यक्ष  जुना मल्लले गर्नुभएको थियो भने सहजिकरण  शिक्षा समिति सदस्य मीन बहाुर ओलीले गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top