होमपेज / शिक्षा
इन्द्र बुढाथोकी भदौ १५,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १२ द्रुमखोलाका विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीका लागि पोसाक वितरण गरिएको हो ।
विद्यार्थीलाई नियमित आउन, विद्यार्थीलाई जागरूक बनाउन पढाइमा नियमित हुन सहयोग हुने उद्देश्यले पोसाक वितरण गरिएको छ ।किताब पढेर मात्र नभई पोसाक पनि गहनाको रूपमा लिनु पर्छ भन्ने सोचका साथ नियमित पोसाक लिएर विद्यालयमा आउने वातावरण निर्माण गर्न पोशाक वितरण गरिएको जनाइएको छ ।
दुर्गम बस्तीमा गएर केही सामाजिक सेवा गर्ने उद्देश्यले श्री गोब्राही प्राथमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका १२ दुरुमखोला सल्यानमा गएर बनगाड क्याम्पस प्रमुख तथा प्रभाकर मावि देवस्थलका शिक्षक गणेश बहादुर चन्द, बनगाड क्याम्पसका प्राध्यापक तथा श्री त्रिभुवन जनता मावि चिउराका शिक्षक वीरेन्द्र शाही र गोब्राही प्रावि दुरुमखोलाका शिक्षक हुर्मत विकको संयुक्त लगानीमा ४५ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।
वडाध्यक्ष लालबहादुर घर्तीले विकट टोलमा पोसाक वितरण गरेर सहयोग गरिदिएकोमा धन्यवाद दिँदै यसलाई सही सदुपयोग गर्न अभिभावकहरूलाई अनुरोध गर्नु भएको छ । पोसाक वितरणले शिक्षा स्वास्थ्य र चेतनालाई अगाडि बढाउनको लागि सहयोग गर्नु भएको समेत बताउनु भएको छ । अब हामीले शिक्षामा सुधार गरेर मात्र अन्य विकास गर्न सकिने भएकोले अब शिक्षा गुणस्तरीय हुनु पर्नेमा जोड दिन अभिभावकलाई आग्रह गर्नु भएको छ । शिक्षकलाई गाली गर्नु भन्दा त्यसको बालबालिका कसरी जिम्मेवारी आफूले लिने भन्नेमा जोड दिनु भएको छ । अहिलेका बालबालिका चेतनशील भएको र त्यसलाई अब कस्तो बनाउने भन्ने अभिभावक जिम्मेवारी भएको बताउनु भएको छ । यो पोसाक सहयोगले अब विद्यार्थीको भविष्य कस्तो बनाउने भन्ने भएको समेत बताउनु भएको छ ।
शिक्षा स्वास्थ्य सडकमा दुर्गममा परेको यसलाई सुगम ल्याउन आफू लागि रहेको केही गर्ने चाहना हुँदाहुँदै पनि ठाउँले पनि प्रभाव परेको र नगरपालिकाको सबै भन्दा बढी बजेट यही दुरुमखोलामा आएको समेत बताउनु भएको छ । आवश्यकता अनुसार विकास गरिरहेको नगर प्रमुख समेत यस बस्तीको विकास गर्न सकारात्मक भएको समेत बताउनु भएको छ । सबै विकास निर्माण गर्न राज्यको मुख ताक्नु भन्दा जनताले आफ्नो ठाउँमा काम गर्नु पर्ने बताउनु भएको छ ।
शिक्षक वीरेन्द्र शाहीले दुर्गम जान हुँदैन केही गर्दा नि दुर्गमको बचन लाउने चल्न रहेको गाउँ समाजमा ,काम नगर्नेलाई दुरुमखोला पठाउने भन्ने कुरा गर्ने गरेको बताउनु भयो । आफूलाई विकट बस्तीमा गएर सेवा गर्ने मन थियो आज आएर केही सानो पोसाक सेवा गरेको उहाँले बताउनु भएको छ । सानो काम गर्छन् तर धेरैले प्रचारप्रसार गरेको हुन्छन् । यस बनगाड क्षेत्रमा आएर शिक्षण पेसामा लागेको १० वर्ष भयो तर थोरै भएपनि सहयोग गरेको र यसमा सहयोग गरेर भोलि राजनीतिमा आउने उद्देश्य पनि होइन मात्र केही सामाजिक सेवा गर्नु पर्छ भन्ने उद्देश्य गरेको हो । मानिसले कमाइको २५ प्रतिशत मात्र वास्तविक खर्च हुने गरेको र अरू आफूले नभई अन्यले खर्च गर्ने गरेकोले त्यसलाई केही अंश सामाजिक काम गर्नु पर्छ भनेर यो दुर्गम बस्तीमा आएर सहयोग गरेको बताउनु भएको छ । यो विद्यालयमा असाध्य मिलेको ठाउँमा भएको हरियाली जङ्गली क्षेत्रमा रहेको समेत बताउनु भएको छ । शिक्षक अभिभावक बिच दुबै पक्षले एक अर्कोलाई आरोप प्रतिआरोप लगाउने गरेको खास समस्याको हल नगर्ने र दुबै पक्षको सहमतिमा पढाइलाई अगाडि पढाउनु पर्ने समेत बताउनु भएको छ । विद्यालय शिक्षकले पढाएको कुरालाई घरमा आएर विद्यालय केके पढाएका छन् त्यसलाई ध्यान दिएर आफ्ना बालबालिका पढाएर बस्न आग्रह गर्नु भएको छ । अब पढाउने भन्दा सिकाउने तिर ध्यान दिन आवश्यक रहेको समेत बताउनु भएको छ । शिक्षकले विद्यार्थीको अभिभावक चिन्नु पर्ने बताउनु भएको छ ।
शिक्षकहरू नै धूम्रपान मद्यपानमा लाग्ने अनि विद्यार्थीले त्यही सिक्ने समेत बताउनु भएको छ । अरूलाई गाली गर्नु भन्दा पहिला आफूबाट काम गर्न सुरु गर्नु पर्ने बताउनु भएको छ । यश नगरपालिकामा विद्यार्थीको सिकाई उपलब्धि धेरै कम छ । यसलाई अब दुरुमखोलाको विद्यालयबाट सुधार तर्फ लिनु पर्ने बताउनु भएको छ ।शिक्षा भनेको विकासको पनि विकास तथा मेरुदण्ड भएको बताउनु भएको छ ।
पूर्व विव्यस अध्यक्ष जयप्रकाश विकले पोसाक सहयोगले शिक्षामा केही गर्नु पर्ने बताउनु भएको छ भने पढाइमा अझै सुधार ल्याउन शिक्षकहरूले अनुरोध गर्नु भएको थियो ।
विव्यस अध्यक्ष रामचन्द्र विक अध्यक्षता भएको कार्यक्रमको सञ्चालन प्र अ टोपेन्द्र वलीले गर्नु भएको थियो । स्वागत मन्तव्य हुर्मत विकले गर्नु भएको थियो ।





.jpg)