होमपेज / शिक्षा
प्रकाश शर्मा फागुन ७,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला ले ३ वटै सरकारको समन्वयबाट शिक्षाको विकास गर्न सकिने बताउनु भएको छ ।
आइतबार फारुला बहुमुखी क्याम्पसको चौथो अभिभावक भेला तथा पाँचौ क्याम्पस सभाको उद्घाटन गर्दै ज्वालाले शिक्षा क्षेत्रको विकास विना देशको समृद्धि हासिल गर्न नसकिने बताउनु भयो । क्याम्पसको सर्वाङ्गिन विकास गर्न बहुमुखि क्याम्पसमा प्राविधिक विषयहरु पठनपाठन हुनुपर्नै बताउनु भयो । संघिय संसद ज्वालाले शिक्षा क्षेत्र विकाश गर्ना को लागि आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताउदै संघिय प्रतिनिधिको नाताले सदनमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यस्तै विशिष्ट अतिथि दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी ले एक सय रुपैयाँबाट सञ्चालित क्याम्पसलाई बहुमुखिमा संचालन गर्नु पर्ने र यसमा सबैले जोड गर्नु पर्ने बताउनु भयो । स्थानीय सरकारको तर्फबाट गर्नु पर्ने सहयोग निरन्तर रहने बताउनु भयो ।
क्याम्पस प्रमुख दिपक शर्माले फारुला बहुमुखि क्याम्पस को वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भयको थियो भने सभाको अध्यक्षता अनन्त प्रसाद शर्मा ले गर्नु भएको थियो
त्रिभुवन विश्व विध्यालय को क्याम्पस संचालन विधान अनुसार क्याम्पसको प्रत्येक ३ बर्ष मा क्याम्पस सभा गर्नु पर्ने प्रबधान भएकाकोले सभा गरिएको हो ।





.jpg)