ट्रेण्डिङ

होमपेज / शिक्षा

जन ज्योति मा. वि. फारुलामा गणित ल्याब सञ्चालन

  प्रकाश शर्मा २०७९ कार्तिक २७ गते आइतबार १६:४२:४७ मा प्रकाशित

प्रकाश शर्मा कार्तिक २७,सल्यान 

सल्यानको दार्मा गाउँपालिका वडानं ३ फारुला स्थित श्री जनज्योति  माध्यमिक विद्यालयले गणित विषय शिक्षणका लागि ल्याब सञ्चालनमा ल्याएको  छ । शिक्षक विद्यार्थीको उत्साहजनक कार्यका लागि गणित विषयको ल्याब सञ्चालनमा ल्याएको विद्यालय प्रशासनले जनाएको छ । 

गणित विषय दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले बालबालिकालाई सिकाइमा सहजता ल्याउन ल्याब सञ्चालनमा ल्याइएको हो ।

ल्यावको निर्माण र प्रयोगपछि जस्तासुकै अमूर्त विषयलाई पनि गर्दै र सिक्दै पद्दतीबाट एवम् जानेकोबाट नजानेकोतर्फ तथा अभ्यासबाट सुत्रतर्फ लैजान सकिने  प्रधानाध्यापक तथा गणित विषय  शिक्षक  मिन बहादुर ओलीले बताउनुभयो । ल्यावको प्रयोगबाट बालबालिकामा वैज्ञानिक सोचतर्फ उन्मूख गराउन धारणा निर्माण गर्न सकिने पनि उहाँको भनाई छ । ल्यावमा अंकगणित, विजगणित तथा ज्यामितीय धारणा बसाउन प्रयोग हुने सामग्री र बालबालिकाका अन्य रचनात्मक सामग्री समेत रहेका छन् । 

 छोटो समयमा निर्माण गरिएको हुनाले ल्याबको अझै विस्तार गरिने र विद्यालयले बालबालिकाको पठनपाठनमा आवश्यक कुनै पनि सामग्री अपुग हुन नदिने प्रधानाध्यापक  ओलीको भनाई छ । 

दार्मा गाउँपालिका को  पाँच लाख  आर्थिक सहयोगमा  ल्याब सञ्चालनमा आएको हो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top