होमपेज / शिक्षा
साउन २२
सल्यान बनगाड क्याम्पसले पहिलो क्याम्पस प्रमुख वसन्त कुमार शर्मालाई सम्मान गरेको छ ।
सल्यान जिल्लाबाट मा.वि. प्रथम श्रेणीमा नाम निकाल्न सफल भएकोमा क्याम्पसको तर्फबाट बधाई तथा सम्मान गरिएको हो । क्याम्पस परिवार तर्फबाट प्राध्यापक तथा विद्यार्थीको उपस्थितिमा बधाई तथा सम्मान कार्यक्रम गरिएको क्याम्पस प्रमुख गणेश चन्दले बताउनु भएको छ ।
श्री त्रिभुवन जनता मावि च्युरामा कार्यरत शिक्षक शर्मा क्याम्पसको प्रथम प्रमुख क्याम्पस प्रमुख तथा प्राध्यापक समेत हुनु हुन्छ । २०४५ साल देखि शिक्षण पेसा सुरु गर्नु भएका शर्माले अस्थायी शिक्षक भएर जनता मावि रागेचौरमा ५ वर्ष र मावि कल्याण सुर्खेतमा २ वर्ष अस्थायी शिक्षक भएका वसन्त कुमार शर्माले २०५२ साल देखि मावि तृतीय श्रेणी बाट स्थायी शिक्षण सेवामा प्रवेश गर्नु भएका शर्माले २०६२ सालमा द्धितिय र २०७९ साल असार ३१ गते प्रथम श्रेणीमा नाम निकाल्नु सफल हुनु भएको थियो ।





.jpg)