होमपेज / शिक्षा
पदम थापा असार ३,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका -९ स्वारामा रहेको जनकल्याण आधारभूत विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले नगरपालिकामा दरबन्दी अनुसारको शिक्षक र योजना माग गर्ने निर्णय गरेको छ ।
यस्तै भेलाले तत्काल नगरबाट दुई जना शिक्षकको व्यवस्था गर्न माग हालको विद्यालय क्षेत्र नजिक जग्गा खरिद गरी भवन निर्माणका लागि पहलल गर्ने निर्णय गरेको छ ।
जग्गा खरिद गरी भवन निर्माण गर्न कमल डाँगीको नेतृत्वमा सात सदस्यीय सहयोग संकलन समिति समेत गठन गरेको छ । सहयोग संकलन समिति गठन भएको पहिलो दिनमा नै स्थानीय व्यवसाइि खड्क विर रावतले ५१ हजार, कमल डाँगीले ५१ हजार, रिम बहादुर बुढाथोकीले २५ हजारले रकम दिने घोषणा गरेका छन् ।
यस्तै मन बहादुर यरीले १० हजार ५ सय, दीपक यरीले ५ हजार १ सय, शेर बहादुर बुढाथोकीले ५ हजार १ सय, आइतु रावलले ५ हजार १ सय, चित्र बहादुर रावतले ५ हजार १ सय र पदम थापाले ५ हजार १ गरी २ लाख २० हजार रकम दिने घोषणा गरेका छन् ।
१ महिना भित्र जग्गा खरिद गरी विद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक यरीले बताउनु भयो । सामाजिक कार्यका लागि थालिएको अभियानमा सबैले सक्दो सहयोग गरी दिन समेत उहाँले सबैलाई आग्रह गर्नु भएको छ ।





.jpg)