ट्रेण्डिङ

होमपेज / शिक्षा

पढ्नको लागि कक्षा कोठा र दार्मा गाउँपालिका बिच सम्झौता

  प्रकाश शर्मा २०७८ चैत्र १ गते मंगलबार २०:२७:०९ मा प्रकाशित

प्रकाश शर्मा चैत १,सल्यान 
पढ्नको लागि कक्षा कोठा र दार्मा गाउँपालिका बिच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बिच पढ्नको लागि कक्षा कोठा र दार्मा गाउपालिका बिच  २०७८ चैत्र १ गते देखि देखि लागू हुने र २०८२  सम्म लागू हुनेगरि समझदारी पत्रमा सम्झौता भएको हो । 

दार्मामा रहेका शिक्षा क्षेत्रमा विकास हुनेगरि कक्षा कोठाको व्यबस्थापनमा आधुनिकिकरण , बाल मैत्रीपूर्ण  कक्षा ब्यबस्थापन  अपाङमैत्रि कक्षा ब्यवस्थापन   र प्रविधि मैत्रि कक्षा ब्यबस्थापन गरि शिक्षा क्षेत्रमा नयाँपन ल्याउने  उद्देश्यका साथ सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।  

समझदारी पत्रमा  दार्मा गाउँपालिको तर्फबाट अध्यक्ष  निम बहादुर केसी र निमित्त प्रमुख प्रसाशकिय अधिकृत अमृत खड्काले हस्ताक्षर  गरेका छन् ।
दार्मा गाउँपालिकाको ५० प्रतिशत र साझेदार सस्थाको ५० प्रतिशतमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको  छ । उक्त उक्त कार्यक्रमबाट दार्मा पालिका भित्रका ११ वटा विद्यालयमा कार्यक्रम सुरु हुने छ र यो ४ बर्ष सम्म रहने छ ।कार्यक्रममा रुम टु रिड बाट क्षेत्रिय प्रतिनिधि खड्क कवर सल्यान जिल्ला अधिकृत बाबुराम पोख्रेल , तपेन्द्र वलि र दार्मा पालिकाबाट विभिन्न विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top