ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको दार्मामा विद्यालय भवन शिलान्यास

  प्रकाश शर्मा २०७८ फाल्गुण १७ गते मंगलबार १९:१७:२७ मा प्रकाशित

प्रकाश शर्मा फागुन १७,सल्यान 

दार्मा गाउँपालिका – ४ स्थित जनता आधारभूत विद्यालय हरलेको भवनको शिलान्यास गरिएको छ । 

कर्णाली प्रदेश पूर्व मुख्यमन्त्रीकार राजनीतिक सल्लाहकार भीम प्रकाश शर्मा र दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले मङ्गलवार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरेका हुन । 

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश पूर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले गुणस्तरीय शिक्षाको खोजी गर्दै सहर बजार झर्न बाध्य ग्रामीण क्षेत्रका बासिन्दाको बाध्यतालाई अन्त्य गर्न सामुदायिक विद्यालयको भौतिक सुधार थालिएको बताए । गुणस्तरीय शिक्षा विना देश अग्रगमन तर्फ अघि बढ्न नसक्ने भएकाले कर्णाली प्रदेश सरकारले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको बताए । 

यस्तै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले दार्मा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालय सरह बनाउनका लागि गाउँपालिकाले विशेष कार्य योजनाका साथ अघि बढेको बताए । गाउँपालिकाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाई लगायतका पूर्वाधारको एकीकृत रुपमा विकास गर्दै आइरहेको बताए । 

कर्णाली प्रदेश सरकारको सशर्त अनुदान १९ लाखको लागतका भवन निर्माण हुने विद्यालय प्रशासनले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top