ट्रेण्डिङ

होमपेज / शिक्षा

समयमै तलब भत्ता नपाए कार्तिक २४ गतेदेखि धर्ना दिने सल्यानका शिक्षण सिकाइ सहयोग अनुदान शिक्षकहरूको चेतावनी

  इन्द्र बुढाथोकी २०७८ कार्तिक ९ गते मंगलबार १६:४२:४० मा प्रकाशित

इन्द्र बुढाथोकी कात्तिक ९,सल्यान 

सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षकहरूले शिक्षण सिकाइ सहयोग अनुदानको रकम तत्काल निकासा गर्न माग गरेका छन् । नगरभित्रका सबै शिक्षकहरूले तलवभत्ता पाइसकेपनि आफूहरूले साउन यताको तलब नपाएको भन्दै शिक्षण सिकाइ सहयोग अनुदान शिक्षकहरूले नगरपालिकालाई कार्तिक १४ गतेसम्म तलवभत्ता उपलब्ध गराउन अल्टिमेटम दिएका हुन । 

नगरपालिकाको लापरबाहीको कारण अहिलेसम्म तलवभत्ता नपाएको र यदि तोकिएको समयमा तलवभत्ता उपलब्ध नभए कार्तिक २४ गते धर्ना दिने कार्यक्रम  रहेको शिक्षक हस्त बहादुर पुनले जानकारी दिए। यस्तै २६ गतेदेखि विद्यालयमा अनुपस्थित हुने र विद्यालयको पठनपाठनमा सहभागी नहुने निर्णय गरिएको उनको भनाई छ ।

यसैबिच शिक्षण सिकाइ सहयोग अनुदानको रकम कार्यान्वयनमा सम्बन्धित निकायको लापरबाही र बनगाड कुपिण्डे नगरपालिकामा भएको शैक्षिक समस्या विषयक अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका कर्णाली प्रदेश उपाध्यक्ष तथा शिक्षक महासङ्घ बन्गाड कुपिण्डे नगरपालिकाका अध्यक्ष अकबर पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका नारद घर्ती मगर, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका नगर अध्यक्ष अध्यक्ष गणेश चन्द, नेपाल शिक्षक सङ्गठनका अध्यक्ष सुरेन्द्र खडका लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्ने वक्ताहरूले नगरको लापरबाहीले अहिलेसम्म शिक्षकले तलवभत्ता नपाएको र तत्काल उपलब्ध गराउन माग गरेका छन् । हस्त बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मातृका डिसीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नवीन बुढाथोकीले गर्नुभएको थियो । यस नगरमा शिक्षण सिकाइ सहयोग अनुदानका शिक्षकहरू झन्डै दुई दर्जन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top