होमपेज / शिक्षा
इन्द्र बुढाथोकी, असोज २७,सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीले स्थानीय तह भए यता समयमा तलव नपाएको भन्दै विरोध जनाएका छन । आफुहरुले नगरपालिका भएको एक वर्ष बाहेक सधै समयमा तलब खान नपाएको उनिहरुको गुनासो छ ।
बडादशैँ जस्तो नेपालीहरुको ठूलो चाडमा चौमासिक तलब भत्ता खुवाउन नसक्ने स्थानीय सरकार र सरकोरवालाहरुको कार्य खेदजनक भएको बुधवार विभिन्न चार शिक्षक संघ संगठनले सयुक्त विज्ञप्ती जारी भएको सयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानीय सरकार बनेदेखि नै गत वर्ष बाहेक कुनै पनि वर्षको दशैँको तलव भत्ता समयमा सहजपूर्ण तरिकाले खान नपाएको नेपाल शिक्षक संघ बनगाड कपिण्डे नगरपालिकाका अध्यक्ष सुरेन्द्र खड्काले बताए ।
विज्ञप्तीमा स्थानीय सरकारको शिक्षक कर्मचारीहरु प्रतिको गैरजिम्मेवारीपूर्ण र हेपापा प्रवृति र बैंकको लापरवाही प्रति घोर भत्र्सना र निन्दा गर्दै यथाशिघ्र तलव खत्ता निकासा गर्न आग्रह गरिएको छ । आगामी दिनमा यस प्रकारको लापरवाही र गैरजिम्मेवारीपुर्ण कार्य दोहोरिए शिक्षक कर्मचारीहरुका आन्दोलनमा जान बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगरपालिकाका सोध्दा बैंकमा निकासा पठाएको जवाफ दिने र बैंकका सोध्दा नगरपालिकाको निकासाको प्रक्रिया नमिलेको जवाफ आउने गरेको र एक अर्कालाई दोषरोपण गरी आफ्नो श्रमको अवमूल्यांकन भइरहेको विज्ञप्तीमा उल्लेख छ ।
समयमै तलव भत्ता निकासा नगर्ने निकाय स्थानिय सरकार प्रती यहाँका संघ संगठनका अगुवाइले घोर आपतिसँगै खेद प्रकट गरेका छन् । स्थानीय सरकारमा काम गर्ने कर्मचारीको मनपरितन्त्रलाइ रोक्न निर्वाचित जनप्रतिनिधि फेलर भएको समेत जनाएको छ ।
रोजिरोटीको एक मात्रै उपाए त्यही तलव भएकोले दशै जस्तो पर्वमास चुलो बाल्न समस्या रहेकोले यहाँको नालायक स्थानीय सरकारको यो घृणित कार्यप्रति खेद प्रकट गरिएको नेपाल शिक्षक संघ नगर अध्यक्ष सुरेन्द्र खड्का,नेपाल राष्ट्रिय शिक्षक संघठनका नगर अध्यक्ष नारद घर्ती,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष गणेश चन्द र शिक्षक महासंघका जिल्ला कार्यसमिति सचिव सुरेस सिंह राठौरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।





.jpg)