ट्रेण्डिङ

होमपेज / शिक्षा

बनगाड कुपिण्डेका विद्यालय आजबाट सञ्चालन

  इन्द्र बुढाथोकी २०७८ आश्विन ७ गते बिहीबार १२:३९:३४ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज ७,सल्यान 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका भित्र रहेको सामुदायिक र संस्थागत विद्यालय सञ्चालनमा आएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण बन्द भएका विद्यालय शैक्षिक सत्र सुरु भएको झन्डै ६ महिना पछि सञ्चालनमा आएका हुन । 

कोरोना भाइरसको संक्रमण केही कम भएकाले कोरोनाका स्वास्थ्य मापदण्ड पुरा गर्दै विद्यालय सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । शिक्षा तथा प्रविधि मन्त्रालयले तयार पारेको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ बमोजिमका प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा गरी बिहीबारबाट पालिकाका सबै विद्यालय सञ्चालनमा ल्याएको नगरपालिकाकी धुर्वा कुमारी थापाले बताइन । 

बुधवार बसेको नगर कार्यपालिकाको बैठकले बिहीबारबाट विद्यालय खोल्ने निर्णय गरे अनुसार विद्यालयमा सञ्चालन गर्न थालिएको उनको भनाई छ । 

नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६५ विद्यालय रहेका छन् । स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने गर्ने गरी नियमित रुपमा कक्षा सञ्चालन भएको थापाको भनाई छ । 

कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आइरहेको छ । सरकारले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न खोजे पनि इन्टरनेट र फोनको सबैमा पहुँच नहुँदा प्रभावकारी हुन सकी रहेको थिएन । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top