होमपेज / शिक्षा
प्रकाश शर्मा असार २४,सल्यान
श्री नवजागरण प्राथमिक विद्यालय दार्मा गाउँपालिकाको वर्ष विद्यालय घोषित भएको छ । छनौट समितिले नव जागरण प्राथमिक विद्यालय जलुकेनीलाई वर्ष विद्यालय घोषणा गरेको हो ।
यस्तै श्री विश्वेश्वर आधारभूत विद्यालय त्रिवेणीमा अध्ययनरत छात्रा गायत्री पौडेल वर्ष विद्यार्थी घोषित भएकी छन् । श्री जनज्योति मावि फारुलाचौरमा कक्षा १०मा अध्ययनरत मधुसुदन देवकोटा, उत्कृष्ट विद्यार्थी, जनज्योति मावि फारुलाचौरकै कक्षा १० मा अध्ययनरत छात्रा लक्ष्मी केसी उत्कृष्ट छात्रा घोषित भएका छन् ।
यस्तै श्री लक्ष्मी आधारभूत विद्यालयमा कक्षा ५ मा अध्इयन रत विशाल विक उत्कष्ट द्धात्र दलित तर्फ लोकतान्त्रिक प्रावि मलेअम्रैमा अध्इययनरत सिता रोकाय उत्कष्ट छात्रा घोषित भएका छन् । वर्ष सर्वोत्कृष्ट शिक्षकबाट श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरकी पार्वती नेपाली, उत्कृष्ट कर्मचारीमा लोकतान्त्रिक प्रावि मलेअम्रैकी लालकुमारी राना, उत्कृष्ट शिक्षकमा लोकतान्त्रिक प्रावि मलेअम्रैका वनमालिका नवनिधि दाहाल र उत्कृष्ट बालविकास शिक्षकबाट सूर्योदय मावि गोविवनका शिक्षक भमरा हमाल घोषित भएका छन् । वर्ष विद्यालय, वर्ष विद्यार्थी, वर्ष शिक्षक तथा कर्मचारीलाई बिहीबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट सिकाई उपलब्धी हासिल गर्ने श्री जनज्योति माध्यमिक विद्यालय दार्मा ३ फारुलाचौर छनौट भएको छ । उक्त विद्यालयलाई दुई लाख अनुदान प्रदान गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार अनाथ तथा असाहय बालबालिकाको अभिभावकत्व ग्रहन गर्ने विभिन्न २० अभिभावकलाई समेत सम्मान गरिएको छ ।





.jpg)