ट्रेण्डिङ

होमपेज / शिक्षा

दार्मा गाउँपालिकाद्धारा ३७ बालविकासलाई शिक्षण सामाग्री हस्तान्तरण

  प्रकाश शर्मा २०७८ जेठ २८ गते शुक्रबार १७:२५:२१ मा प्रकाशित

प्रकाश शर्मा जेठ २८,सल्यान 
सल्यानको दार्मा गाउँपालिकाले ३७ बालविकासलाई शिक्षण सामाग्री हस्तान्तरण गरेको छ । 

गाउँपालिका भित्र रहेका विभिन्न ३७ बालविकासलाई शिक्षण सामाग्री बिहीबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । 
विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ शिक्षण सामाग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए । 

बाल मनोरञ्जन तथा बाल ज्ञान वृद्धिका लागि सामाग्री हस्तान्तरण गरिएको उनको भनाई छ । रमाइला पठनपाठन सिकाई सामाग्री पाउँदा बालबालिकाहरु हर्षित हुने र उनीहरुको पठन संस्कृतिको पनि विकास हुने उनले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top