ट्रेण्डिङ

होमपेज / शिक्षा

चार वर्ष पछि पुर्णता पायो बनगाड शिक्षा समितिले

  इन्द्र बुढाथोकी २०७७ चैत्र १० गते मंगलबार २१:५५:०४ मा प्रकाशित

इन्द्र बुढाथोकी चैत १०,सल्यान 
स्थानीय सरकार निमार्ण भएको झन्डै चार वर्ष पछि सल्यानको बनगाड कुपिण्डे नगरपालिका शिक्षा समितिले पुर्णता पाएको छ।

जनप्रतिनिधि कार्यकाल सकिनै लाग्दा उक्त समिति गठन भएको छ ।  शिक्षा समिति नहुँदा नगरका विद्यालयहरुले समस्या झेल्दै आइरहेका थिए । केही ठाउँमा शिक्षक समेत नियुक्ति हुन सकेको थिएन। शिक्षा समितिले पुर्णता नपाँउदा अधिकाँस आधारभूत चलेका विद्यालयहरु र शुन्य दरबन्दी भएका विद्यालय बन्द हुने अवस्थामा छन ।  

नगर प्रमुख गोविन्द कुमार पुनको संयोजकत्वमा शिक्षा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा  सामाजिक विकास समितिका संयोजक तथा  वडा अध्यक्ष  कुलबहादुर पूरी , शिक्षक महासंघ नगरका अध्यक्ष अकबर पुन ,प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मी ,दलित महिला सभा सदस्य चन्द्रकला सुनार, महिला सभा सदस्य बेलकुमारी वली ,समाजसेवी वा शिक्षाप्रेमी दलित महिला सदस्य बिन्दु सुनार ,सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर बुढा रहेका छन् ।

यस्तै  संस्थागत विद्यालयका वि. व्य. स. अध्यक्ष  सुभाष शाह, अपाङ्ग शिक्षक रूपलाल बुढाक्षेत्री  र शिक्षा शाखा प्रमुख  चक्रबहादुर रावत  सदस्य सचिव रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top