ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको यस्तो विद्यालय जहाँ अभिभावकले नै गर्छन विद्यालयको अनुगमन

  दिपक शर्मा २०७७ फाल्गुण २५ गते मंगलबार १९:०४:४२ मा प्रकाशित

दीपक शर्मा फागुन २५,सल्यान 
 सामुदायिक विद्यालय भन्ने बित्तिकै धेरैले नाक खुम्च्याउने गर्दछन् ।

सामुदायिक विद्यालयमा आफ्ना छोरोछोरी पठाए उनीहरुको भविश्य अन्यौलमा पर्ने धेरै अभिभावकहरुको आशंका रहदै आइरहेको छ । तर पछिल्लो समय शैक्षिक सुधारका लागि विद्यालयहरूले अनेकन उपाय अपनाउने गरेका छन् ।  सामुदायिक विद्यालयको कसरी विद्यार्थी पढाइमा ध्यान  दिन्छन् र शिक्षकले पनि विद्यार्थीलाई सहज तथा सरल तरिकाले शिक्षा दिन सक्छन भन्ने उपाय अपनाउँन थालेका छन् । 

सल्यानको एक विद्यालयले नौलो तरिका अपनाएको छ । जिल्लाको दार्मा गाउँपालिका ५ भालुमारेमा रहेको श्री जनकल्याण आधारभुत विद्यालयले हप्ताको एक दिन पाठ्य सामग्रीसहित अनिवार्यरूपमा अभिभावकले विद्यालयको अनुगमन गर्नुपर्न बाध्यकारी नियम बनाएको छ ।
उक्त विद्यालयको नियमअनुसार अभिभावक पनि हप्तामा कम्तीमा एक दिन विद्यालयमा पुग्ने गरेका छन् । अभिभावकको विद्यालयमा अनुगमनको सक्रियता बढेपछि शिक्षक र विद्यार्थीहरुले कक्षामा नियमितता दिन थालेको विद्यालयका प्रधानाध्यापक भोपाल खड्काले बताए । 

स्थानीय सरकार, शैक्षिक सुधारका लागि काम गरिरहेका सरोकारवाला निकाय, बालबालिक शिक्षक अभिभावकहरुको शैक्षिक सुधारमा सक्रियता बढेपछि विद्यालय नमुना बन्दै गएको खड्काको भनाइ छ । गुणस्तरीय सिकाइको वातावरण तयार भएपछि बालबालिकाहरुको सिकाइ उपलब्धि र पढाईमा सहजता हुनुका साथै विद्यार्थीहरुको सिकाइ प्रभावकारी भएको शिक्षकहरुको भनाई छ । गत वर्षको भन्दा झन्डै २५ प्रतिशतले विद्यार्थीको संख्यामा वृद्धि भएको उनको भनाई छ । यस वर्ष १ सय ९१ जना विद्यार्थी भर्ना भएको खड्काको भनाई छ ।   

 विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नकै लागि अभिभावकलाई नियमित अनुगमनको नियम बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर केसीले बताए । उनले भने ‘विद्यालयको शैक्षिक सुधारमा शिक्षकको मात्र एक प्रयासबाट सम्भव नभएकाले आफ्ना छोरा छोरीहरुले विद्यालयमा आएर पढी रहेका छन् की छैनन्, शिक्षकले कसरी पढाई रहेका छन् आदीको अनुगमन गर्न यस्तो नियम बनाएका हौं ।’  विद्यालयको कक्षा कोठामा भएका शैक्षिक सामग्रीले विद्याथीको शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तन र विद्यालयको मुहार फेरिएको केसीले बताए ।

विश्वभर फैलिएको कोरोना भाइरसले समस्या बनाएपनि अहिले विद्यालयमा गएर नियमित अनगमन गर्ने काम भइरहेको अभिभावक शेर बहादुर केसीले बताए । विद्यालय कस्तो बनाउने भन्ने कुरा शिक्षकको मात्र जिम्मेवारी हुने भन्दा पनि अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका हुने भएकाले सबै अभिभावक क्रमिक रुपमा विद्यालयको अनुगमनमा जाने गरेको उनको भनाई छ । उनले भने ‘आफ्ना छोराछोरीको उच्च भविश्यकका लागि चिन्ता मात्र देखाउने भन्दा पनि सुधारका काम गर्नु पर्छ भनेर यस्तो कार्य गर्दै आइरहेका छौं ।‘ 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top