ट्रेण्डिङ

होमपेज / शिक्षा

सर हामी कहिलेसम्म छाना नभएको भवनमा बसेर पढ्ने ?

  इन्द्र बुढाथोकी २०७७ फाल्गुण १४ गते शुक्रबार १७:०३:०६ मा प्रकाशित

इन्द्र बुढाथोकी फागुन १४,सल्यान 
 बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन । विद्यालयको छाना मर्मत नहुँदा विद्यार्थीहरु खुला आकाशमा पढ्न बाध्य भएका छन् । 

गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो । विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरेपनि वेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताए । भवनको अभाव हुँदा विद्यार्थीलाई खुला चौर र छाना उडाएको भवनमै राखेर पढाउँदै आएको उनको भनाई छ । उनले भने  ‘’अव गर्मी समय सुरु भयो दिनभर खुला चौर र छाना नभएको भवनमा राखेर पढाउन सकिदैन । विद्यालय नजिकैबाट सडक भएकाले सडकको धुलो सबै विद्यालयमै आउँछ । 

विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाई नभको विद्यालयका वलीले बताए । निजी स्रोतका शिक्षकलाई तलव खुवाउन नसकेर कक्षा ८ बाट पाँचसम्म झार्ने योजना बनाएको बताउँदै उनले भने ‘शिक्षकलाई तलव भत्ता खुवाउन नसकि रहेको अवस्थामा कुन आर्थिक स्रोतले विद्यालयको छाना मर्मत गर्नु ?

हावाहुरीले छाना उडाउन वित्तिकै नगर सरकारलाई जानकारी गराउँदा नगर उप प्रमुख मन्जु यरि इन्जिनियर महेश देवकोटा सहितको टोलिले अनुगमन गरि ८ लाख जतिको अनुमानीत बजेटको मुल्यांकन गरे पनि कुनै ठाउँबाट बजेटको व्यवस्थापन नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर बुढामगरले बताए । 
साना विद्यार्थीहरुको भविश्य जोडिएको विद्यालय जस्तो सम्वेदनशिल क्षेत्र एक वर्षदेखि अलपत्र पर्नु निकै दुखको कुरा भएको बुढाको भनाई छ ।  

बनगाडकुपिण्डे नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र रावतले विद्यालय भवन मर्मतका लागि बजेट अभाव भएकोो तर अन्य शिर्षकबाट मर्मत गर्ने तयारी भई रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top