ट्रेण्डिङ

होमपेज / शिक्षा

बनगाडमा राम्रा भन्दा हाम्रा खोज्दा २ वर्षसम्म ८ शिक्षकको पदपूर्ति भएन

  इन्द्र बुढाथोकी २०७७ माघ २२ गते बिहीबार १४:५४:१५ मा प्रकाशित

इन्द्र बुढाथोकी ,माघ २२ सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुमा राजनीतिक दाउपेजका कारण विगत दुई वर्ष देखि  शिक्षक पदपूर्ति हुन सकेको छैनन्  ।  नगरपालिकाका ६ वटा विद्यालयका ८ जना शिक्षकको पदपूर्ति हुन सकेको छैन ।  ।

 जय नेपाल निम्न माध्यमिक विद्यालयगर्चेमा निमावि राहत २ वटा, शारदा नि.मा.वि क्वरेणीमा प्रा.वि. राहत १ वटा, सरस्वती प्रावि फुर्केसल्लीमा राहत १ वटा , अमर प्रावि काफलपानी राहत १, महेन्द्र मावि आपचौरमा निमावि राहत १, प्रावि राहत १ र सिद्धेश्वरी मावि माझखर्क निगाल्चुमामा  प्राविअस्थायी दरबन्दी १ गरि जम्मा ८ जना शिक्षकको पदपूर्ति हुन सकेको छैन ।
 पदपूर्ति हुना नसक्नुको कारण भनेको राजनीति दबाब तथा राम्रा भन्दा हाम्रा मान्छे ल्याउनु पर्छ भन्दै बिध्यालय व्यवस्थापन समितिले पदपूर्तिको लागि बिज्ञापन खोल्न सकेका छैनन् । अधिकासं ठाउमा शिक्षकहरू स्थायीमा नाम निकालेर अनेत्र जाँदा उक्त ठाउमा शिक्षक खाली रहेका छन । 

 विद्यार्थी भने उक्त विषय नपढी परिक्षा दिने गरेका छन् । विद्यालयको चरम लापरबाही प्रति स्थानीय अभिभावकले आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।  

स्थानीय उषा रानाका अनुसार विद्यालयको मुख्य विषय फेरवदल गर्न खोज्दा र आफ्ना कार्यकर्ता भर्ति केन्द्र वनाउन खोज्दा  पढाई अस्तव्यस्त वनेको छ  । यसतर्फ  जनप्रतिनिधि, विद्यालय प्रशासनदेखि स्थानीय राजनीतिक अगुवाहरु नै मुख्य दोषी रहेको उहाँको भनाई छ ।

निति विधि र मुख्य विषय परिवर्तन गरी साधारण विषय भएमा विद्यालय नबन्ने अन्य स्थानीय अभिभावकको भनाई छ । राजनीतिक स्वार्थ र आफ्ना मान्छे राख्न खोज्दा संस्थालाई धरासयी नबाउन पटक पटक अभिभावकले चेतावनी दिँदा समेत विद्यालय व्यवस्थापन समितिले निर्णय गर्न मानिरहेको छैन् । स्वतन्त्रपुर्वक विद्यालयलाई निर्णय गर्ने अधिकारमा बाह्य राजनीतिम हस्तक्षेप देखिन्छ । यता नगर शिक्षा शाखाले पनि यस्तो कुरामा व्यवस्था देखाउने गरेको छ ।

शिक्षाको पठनपाठन सुधारका कुरामा नगर शिक्षा शाखा वेखवर बनेको छ । बर्सौदेखि रिक्त दरवन्दीमा शिक्षक पदपूर्ति गरी पठन पाठन अघि बढाउन निर्देशन दिने निकाय समेत राजनीति छायामा परेको छ । स्वतन्त्रपुर्व क आफ्नो निर्देशन लागू गर्ने कुरा बनगाड कुपिण्डे नगर शिक्षा शाखा समेत निरह वनेको छ ।
 धेरैले निजिमा राखेका शिक्षकहरुको तलव दिन नसक्दा संकट थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top