ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानमा प्राविधिक शिक्षा प्रति विद्यार्थीको आकर्षण

  दिपक शर्मा २०७७ माघ १९ गते सोमबार १७:१५:३९ मा प्रकाशित

दीपक शर्मा माघ १९, सल्यान 
नेपालका सामुदायिक विद्यालय भने पछि धेरैले नाक  खुम्च्याउने गर्दछन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर नभएको भन्दै धेरै अभिभावकहरुले आफूँहरुले खाइनखाई छोराछोरीहरुलाई निजी विद्यालय पढाउने गरेका छन् । तर कतिपय यस्ता सामुदायिक विद्यालयहरु पनि छन् जहाँ विद्यालयमा विद्यार्थीको चाप बर्सेनि बढ्दो छ भने शैक्षिक गुणस्तरमा समेत अब्बल हुँदै गई रहेका छन् । 

सामुदायिक विद्यालयको शैक्षिक  गुणस्तर वृद्धि गर्न अहिले जिल्लाका विभिन्न विद्यालयहरु प्राविधिक धारका विषयहरु पढाउन थालिएको छ । जसले विद्यार्थीको चाप मात्र बढेको छैन गुणस्तरमा पनि सुधार आएको छ । 
विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण गर्न शारदा नगरपालिकाको शिवजन माध्यमिक विद्यालयले आइएसी एजी, कृषि जेटिए, भेटनरी र वन विज्ञान सञ्चालन गरेको छ । जहाँ विद्यार्थी पढ्दै सिक्दै आइ रहेका छन् । 

प्राविधिक शिक्षा सुरु गरेका सामुदायिक विद्यालयमा पढ्दै सिक्दै अभियान सुरु भएको शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । स्वदेशमै उद्दम गर्न प्ररित गर्न विद्यालयमा पढ्दै सिक्दै सुरु गरिएको उनको भनाई छ । उनले भने आर्थिक विपन्नताका कारण विद्यार्थीको आकर्षण घट्दै गएपछि प्राविधिक शिक्षालाई जोड दिइएको हो । तीन वर्षे आइएसी एजी मा १०४, कृषि जेटिएमा २५ जना विद्यार्थीले अध्ययन गरि रहेको नेपालीको भनाई छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन प्राविधिक विषय निकै फलदायी भएको निराजन माध्यमिक विद्यालय सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरका प्रधानाध्यापक धर्मराज घर्तीले बताए । विद्यार्थीको चाप अत्याधिक भएका कारण परीक्षाको माध्यमबाट विद्यार्थी भर्ना गर्ने गरेको उनको भनाई छ । विगतमा सामुदायिक विद्यालयमा विद्यार्थी पाउन निकै मेहेनत गर्नुपथ्र्यो तर हिजोआज विद्यार्थीको चाप अत्याधिक हुँदा परीक्षा गराउनु पर्ने आएको छ । 

गत आर्थिक वर्षदेखि बाली विज्ञान पढाउदै आएको त्रिभुवन जनता माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका च्युराका  विद्यार्थी पढ्दै सिक्दै आइरहेका छन् । उनीहरुले उत्पादन गरेर विक्री समेत गर्ने गरेका छन् । प्राविधिक धारतर्फका विद्यार्थीले समूह बनाएर तरकारी खेती, च्याउ खेती गरी रहेको प्रधानाध्यापक गुमानसिं विष्टले बताए । विद्यार्थीीहरुलाई उत्पादनमा जोड्न र सिकेका कुरा कार्यान्वयनका लागि बाली विज्ञान निकै प्रभावकारी भएको उनको भनाई छ । उनले भने ‘सैद्धान्तिक साथै व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीहरुलाई खेती गर्न प्रेरित गरिने राम्रो उदाहरण हो ।’ 

जिल्लाका ७८ माध्यमिक विद्यालय मध्ये दुई दर्जन बढी विद्यालयमा प्राविधिक धार पढाई हुँदै आइरहेको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top