ट्रेण्डिङ

होमपेज / शिक्षा

जनज्योति माध्यमिक विद्यालय फारुलामा तहगत शिक्षक, अभिभाबक तथा विद्यार्थी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  प्रकाश शर्मा २०७७ पौष १० गते शुक्रबार १६:२०:४२ मा प्रकाशित

प्रकाश शर्मा पुस १०,सल्यान
जनज्योति  माध्यमिक विद्यालय  फारुलामा तहगत  शिक्षक  अभिभाबक तथा विद्यार्थी अन्तरक्रिया  कार्यक्रम  सम्पन्न  भएको छ ।

 शिक्षण शिकाइ कृयाकलापमा उपलब्धि  हासिल गर्ना त्रिपक्षिय अन्तरक्रिया कार्यक्रम  गरिएको प्रधानाध्यापक मीनराज ओलीले बताए । विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यार्थी एक्लैको प्रयासबाट सम्भव नभएकाले अभिभावक र विद्यार्थीको पनि उत्तिकै जिम्मेवारी रहने उनको भनाई छ । 

 कार्यक्रममा दार्मा गाउँपालिका  अध्यक्ष  निम बहादुर के सी, उपाध्यक्ष टिका शर्मा , ३ वडाध्यक्ष सेतिराम रोकाय ,दार्मा शिक्षा शाखा  प्रतिनिधि रोम प्रसाद पान्डेयको उपस्थित  रहेको थियो । 

एसईइमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई छात्रवृति प्रदान 

एसईइमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई स्व. इन्द्र बहादुर खत्री छात्रवृति प्रदान गरिएको छ । 

जनज्योति माध्यमिक विद्यालयबाट गत वर्षको एसईइ परीक्षामा सबैभन्दा बढी अंक ल्याई पास हुने लक्ष्मी केसी र मधुसुदन देवकोटालाई छात्रवृति प्रदान गरिएको हो ।  स्व ईन्द्र बहादुर के सी को तेस्रो  बार्षिक स्मृति कार्यक्रमको अबसरमा दुवै छात्रछात्रालाई तीन हजारका दरले छात्रवृति वितरण गरिएको नीम बहादुर केसीले जानकारी दिए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top