होमपेज / शिक्षा
प्रकाश शर्मा मंसिर १०,सल्यान
दार्मा गाउँपालिका सल्यानले शिक्षण सिकाई केन्द्र पुनः सञ्चालन गर्ने भएको छ । छिमेकी स्थानीय तहहरुमा कोभिड १९ को जोखिम बढेको भन्दै गत कात्तिक २८ गतेदेखि स्थगित भएको सिकाई केन्द्र पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको द्रुत प्रतिकार्य समन्वय समिति दार्मा गाउँपालिकाको आकस्मिक बैठ्कले बिहिबार सबै विद्यालय व्यवस्थापन समितिको बैठ्क बसी सिकाई केन्द्र सहजाीकरण सञ्चालन गर्ने निर्णय गरेको दार्मा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत शेरप्रसाद ढकालले बताए ।
शिक्षण सिकाई सहजीकरण सञ्चालन गर्दा दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य चौकी र उपस्वास्थ्य तथा आधारभूत स्वास्थ्य केन्द्र मार्फत विद्यालयमा कोभिड १९ सचेतना तथा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने, प्रारम्भिक बालशिक्षादेखि कक्षा ५ सम्म नियमित रुपमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पठनपाठन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको ढकालको भनाई छ ।
यस्तै आधारभूत तहको कक्षा ६–८ र माध्यमिक तहको हकमा भने स्वीकृत कार्ययोजना अनुसार आलोपालो प्रणालीबाट सञ्चालन गर्ने र विद्यार्थीहरुलाई अनिवार्य मास्कका साथै साबुन पानीले हातधुने व्यवस्था मिलाई कडाई पूर्वक कार्यन्वयन गर्ने निर्णय गरेको छ ।






.jpg)