ट्रेण्डिङ

होमपेज / शिक्षा

कक्षा १२ को परीक्षा आजबाट सुरु (फोटो फिचर)

  प्रकाश शर्मा २०७७ मंसिर ९ गते मंगलबार ०९:२१:५३ मा प्रकाशित

प्रकाश शर्मा मंसिर ९,सल्यान 
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकै पटक  परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो ।

बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । विद्यार्थीहरुलाई कोरोना सम्बन्धी सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा हलमा राखिएको जनज्योति माध्यमिक विद्यालय फारुलाचौरले जनाएको छ । 

 परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखि परीक्षा गराईएको विद्यालयले जनाएको छ  । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश गराइएको प्रधानाध्यापक मिनराज वलीले बताए ।  । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको वलीले बताए ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने छन् ।कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top