ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानका विद्यालयहरुबाट क्वारेनटाइन हटाएर निर्मलीकरण गरिदै

  दिपक शर्मा २०७७ आश्विन ६ गते मंगलबार १६:३८:२३ मा प्रकाशित

दीपक शर्मा असोज ६, सल्यान 

सल्यानका स्थानीय पालिकाहरूले विद्यालयमा बनाएका क्वारेनटाइन हटाएर निर्मलीकरण गर्न थालेका छन् । 

सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम सल्यानका स्थानीय पालिकाहरूले विद्यालय हातामा सञ्चालित क्वारेनटाइन हटाएका छन् । 

क्वारेनटाइनमा बसेका सबै घर फर्किए पछि खाली भएका क्वारेनटाइन निर्मलीकरण गरिएको कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । उनले भने विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइन खाली भए पनि अव आउनेलाई अन्यत्र व्यवस्थापन गर्ने गरी विद्यालय निर्मलीकरण गर्दै आइरहेका छौँ । 

आउँदै गरेको चाडपर्वलाई लक्षित गरी खुल्ला ठाउँ तथा सामुदायिक भवनहरूमा क्वारेनटाइन निमार्ण गर्ने गरी विद्यालयमा बनाइएका क्वारेनटाइन हटाइएको उनको भनाई छ । विद्यालय कहिले देखि सञ्चालन गर्ने भन्ने विषयमा छलफलमै रहेको बताउँदै विद्यालय सञ्चालनको तयारी स्वरूप क्वारेनटाइन हटाइ निर्मलीकरण गरिएको केसीको भनाई छ । 

यस्तै कुमाख गाउँपालिकाले पनि विद्यालयमा निमार्ण भएका क्वारेनटाइन हटाएर निर्मलीकरण गर्दै आइरहेको छ । गाउँपालिकाका विभिन्न विद्यालयमा रहेका क्वारेनटाइन सामुदायिक भवन तथा सार्वजनिक भवनहरूमा स्थानान्तरण गरी विद्यालयमा भएका क्वारेनटाइन सेनिटाइज गरिएको गाउँपालिका सूचना अधिकारी प्रकाश भण्डारीले बताए । गाउँपालिका भित्रका विभिन्न २१ विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइन हटाइएको र अब एक विद्यालयबाट मात्र हटाउन बाँकी रहेको भण्डारीको भनाई छ । क्वारेनटाइन कक्ष राखेका र नराखेका सबै विद्यालयमा निर्मलीकरण गरिएको उनको भनाई छ । 

विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइनहरू अन्यत्र व्यवस्थापन गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top