ट्रेण्डिङ

होमपेज / शिक्षा

दार्मा गाउँपालिकामा सिकाई केन्द्र मार्फत पठनपाठन

  प्रकाश शर्मा २०७७ आश्विन २ गते शुक्रबार १७:१६:२९ मा प्रकाशित

प्रकाश शर्मा असोज २, सल्यान 
जनज्योति माध्यमिक विद्यालय फारुला ले आफ्ना विद्यार्थीलाई  टोल  स्तरमै कक्षा संचालन गर्दै आइरहेको छ ।

 कोभिड १९ का कारण विद्यालयहरु बन्द भइ पठन पाठन अस्तब्यस्त भएको अबस्थामा मा वि फारुला ले घुम्ति सिविर मार्फत कक्षा संचालन गरेको हो ।

 प्रत्येक टोलमा प्रा वि ,निमावि  र मावि  तिन तहमा बिभाजन गरि  विहान ,दिउसो र साँझ तिन समयमा पठनपाठन हुन् गरेको विद्यालयका प्रधानाध्यापक मिनराज वलीले बताए ।  टोल स्तरको पढाईमा सहजिकरण समिति  गठन गरी पठन पाठन गराईको उनको भनाई छ ।

 कोरोनाको महामारीले गर्दा बैशाख देखि पढाइ ठप्प भईरहेको अबस्थामा जन ज्योती फारुलाले सिकाई केन्द्र मार्फत पढाईमा सहजीकरण गरी रहेको वलीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top