ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानका विद्यालयमा निमार्ण भएका क्वारेनटाइन व्यवस्थापनमा सकस

  दिपक शर्मा २०७७ भाद्र ३१ गते बुधबार १९:२६:०० मा प्रकाशित

दीपक शर्मा भदौ ३१, सल्यान 
नेपाल सरकारले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइन कहाँ व्यवस्थापन गर्ने भन्नेमा सल्यानमा स्थानीय पालिकाहरु अन्यौलमा परेका छन् । सल्यानका अधिकांश आइसोलेसन र क्वारेनटाइन विद्यालयमा निमार्ण गरिएका छन् । 

सरकारले विद्यालय असोजमा सञ्चालन गर्ने निर्णयसँगै हिजो निमार्ण गरिएका क्वारेनटाइन कहाँ निमार्ण गर्ने समस्या उत्पन्न भएको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए । उनले भने ‘एकतिर चाडपर्व नजिकिएसँगै तेस्रो मुलुक र भारतबाट आउने नागरिक बढ्न थालेका छन् अर्को तिर सरकारले विद्यालय सञ्चालन गर्ने भन्दै छ । यसलाई कसरी व्यवस्थापन गर्ने समस्या उत्पन्न भएको छ ।’ 

अहिले पनि विद्यालयको क्वारेनटाइनमा २० जना रहेको बताउँदै अध्यक्ष चलाउनेले एकै पटक ठुलो ग्रुपमा आएमा व्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ । भएका सार्वजनिक भवनमा बढीमा १५ जनासम्मलाई मात्र व्यवस्थापन गर्न सकिने उनको भनाई छ । उनले भने ‘चाडपर्वलाई लक्षित गरी खुल्ला चौरमा पाल राख्ने की भन्ने सोच भएपनि चिसोको सिजन पनि आएकाले जोखिम झनै बढ्की भन्ने पनि छ ।’ 

पालिकाहरुमा क्वारेनटाइन निमार्ण गर्न सार्वजनिक भवनहरुको अभाव भएकाले कित त बाहिरबाट आएका नागरिकलाई सिधै घर पठाउने या त विद्यालयमा नै राख्नुको विकल्प नरहेको  दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए । उनले भने आउँदै गरेको दशैं तिहारमा कम्तिमा पनि ५ सय देखि ७ सय बाहिरबाट आउने अनुमान गरिएको बताउँदै खड्काले यतिधेरै नागरिकलाई सामुदायिक भवनहरुमा व्यवस्थापन गर्न सकिदैन् । विद्यालयमा व्यवस्थापन गर्नुको विकल्प छैन । 

आउँदै गरेको चाडपर्वमा जिल्लामा भित्रिन सक्ने संभावित जनसंख्याका आकलन गरी सबै स्थानीय तहलाई प्रयाप्त मात्रामा क्वारेनटाइन निमार्णको व्यवस्था मिलाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । 
मन्त्रालयले यस बारे कुनै परिपत्र नगरे पनि शिक्षण संस्थामा रहेका आइसोलेसन र क्वारेनटाइन शिक्षण संस्थाबाट हटाई खुल्ला स्थान, रंगशालामा निमार्ण गर्ने तयारी भएको उनको भनाई छ । 

सल्यानमा ४८ क्वारेनटाइनमा २८ महिलना र १ सय ४१ पुरुष गरी १ सय ६८ जना क्वारेनटाइनमा बसी रहेका छन् । ती सबै क्वारेनटाइनमा विद्यालयमा रहेका छन् । यस्तै चार स्थानमा आइसोलेसन रहेका छन् । 
जिल्लाका ३ सय ४० कोरोना संक्रमित मध्ये ३ सय निको भएर घर फर्कि सकेका छन् भने जम्मा ४० जना मात्र आइसोलेसनमा बसी रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top