ट्रेण्डिङ

होमपेज / शिक्षा

कक्षाकोठा व्यवस्थापन तथा सकारात्मक अनुशासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि

  प्रकाश शर्मा २०७७ भाद्र १६ गते मंगलबार १२:१५:०४ मा प्रकाशित

प्रकाश शर्मा भदौ १६, सल्यान 
सिकाइ सहजीकरणका लागि कक्षाकोठा व्यवस्थापन तथा सकारात्मक अनुशासन सम्बन्धी दुई दिने कार्यशाला श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

 धम्कीयुक्त दण्डसहितको शिक्षण होइन बालमैत्री शिक्षणका लागि व्यवहारिक र जीवनयोपगी सन्दर्भ उपयोग स्थलका रुपमा विद्यालयलाई विकास गरिन्नुपर्छ भन्ने मान्यताका साथ  कार्यशालाको उद्घाटन गरिएको छ ।

 कार्यशालाको उद्घाटन गर्दै दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर के।सी।ले बालमैत्री शिक्षण विधि अपनाउनु पर्नेमा जोड दिए । अहिलेको सन्दर्भमा शिक्षकहरुले विद्यार्थीहरुको रुची, आवश्यकता र क्षमतासँग सकरात्मक अनुशासनको फ्यूजन गर्नसक्नुपर्नेमा जोड दिए  । प्रत्येक बालबालिकाभित्र विशिष्ट ज्ञान र क्षमता हुन्छु अध्यक्ष केसीले भने त्यो वातावरण तयार गर्नुमा कार्यशालाको उपादेयता हुनेछ ।

कार्यशालाको सहजीकरण बालाराम ओलीले गरेका छन्  । कोभिड १९ बाट सिर्जित विषम परिस्थिका कारण विद्यार्थीहरुको नियमित पठनपाठन प्रभावित बनेपछि जनज्योति माविले शिक्षक कर्मचारीहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  यसअघि विद्यालयका शिक्षकहरुका लागि सिआटी सम्बन्धी १५ दिने तालिम सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top