ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे नगरपालिकामा नक्सापास बिना घर निमार्ण गरे नगरपालिकाबाट दिइने सेवासुविधा रोकिने

  इन्द्र बुढाथोकी २०७७ असार १० गते बुधबार २१:४८:१७ मा प्रकाशित

इन्द्र बुढाथोकी १०, सल्यान 
बनगाड कुपिण्डे नगरपालिकाको नीति तथा कार्यक्रममा कोरोनाका कारण मृत्यु भएमा २५ हजार रकम उपलब्ध गराउने  उल्लेख गरिएको छ । 

बुधबार सम्पन्न नीति तथा कार्यक्रममा नगरपालिकाका कुनै पनि नागरिकको कोरोना भाइरसबाट मृत्यु भएमा २५ हजार रकम उपलब्ध गराउने निर्णय गरेको हो । नीति तथा कार्यक्रममा  आमाबुबा गुमाएका १० वर्षका बालबालिकालाई मासिक ५ सय आर्थिक साहयता दिने , डिप्लोमा ३ वर्षे कार्यक्रम प्राविधिक शिक्षालयको नंया सम्बन्धन लिन चाहाना गर्ने सामुदायिक विद्यालय आवश्यक भौतिक सुधारको लागि एक मुस्ट ३ लाख अनुदान दिने कार्यक्रम समेत पारित गरेको मेयर गोविन्द कुमार पुनले बताए  । 

 साथै नगरपालिका भित्र कसैले ३ तला भन्दा अग्लो भवन बनाउनु परेमा  अनिवार्य रुपमा माटो र भौगोलिक परिक्षण गराउनु पर्ने व्यवस्था गरिएको छ । नक्सा पास नगरी बनाइएका भवनहरुको नक्सा पास गर्न सुचना प्रवाह गरिने , तोकिएको समय भित्र नक्सापास नगर्ने घर धनिहरुलाई नगरपालिकाबाट दिइने सेवा सुविधामा रोक लगाउनुका साथै अन्य कानुन बमोजिम कारबाही गरिने छ नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top