होमपेज / राजनीति
प्रकाश शर्मा असार ८, सल्यान
सल्यानको दार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि स्वास्थ्य, रोजगारी, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार रोकौं महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन बनौं स्वरोजगार मन्ने मुल नाराका साथ आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
कोरोना भाइरसका कारण चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिदै गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँसभा सदस्य, राजनीतिक दल, विभिन्न संघ संस्था तथा सरोकारवाहरुको उपस्थितिमा रहेको गाउँसभा उद्घाट्न कार्यक्रममा नीतिा तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले विश्वभर फैलिएको कोरोना भाइरसका विरुद्ध लडनु पहिलको मुख्य लक्ष्य हुने बताए ।
कोरोना भाइरसलाई उपयोग गर्दै नागरिकले अनुभुति गर्नेगरी स्वास्थ्यमा सुधार, शिक्षा, कृषि, पर्यटनमा लगानीको वातावरण निमार्ण लगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको बताए ।
सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कोरोना भाइरसका कारण भारत लगायत विदेशबाट आएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्न कृषि, पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सारिएको नीति तथा कार्यक्रममा युवाहरुलाई कृषिमा आर्कषित गर्न विशेष अनुदानका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष केसीले बताए । नीति तथा कार्यक्रममा झन्डै ३५ करोडको बजेट सार्वजनिक गरिएको छ ।





.jpg)